तीस हजारकाे पुरस्कार कवि थाम्सुहाङलाई

इलाम : कवि प्रकाश थाम्सुहाङलाई दिब्यबिक्रम नेम्बाङ स्मृति पुरस्कार प्रदान गरिने भएकाे छ ।

हरेक बर्ष भदाै १७ गते स्मृति दिवसकाे दिन बितरण गरिने उक्त पुरस्कार यसबर्ष प्रथम स्मृतिदेखि प्रदान गर्न शुरु गरिएकाे हाे । उक्त पुरस्कारकाे राशि तीसहजार रहेकाे र अर्काे बर्ष देखि बढाउदै लाने नेम्बाङकाे कान्छा छाेरा नन्दहाङ नेम्बाङले बताए । उनकाे जन्म बिक्रम सम्बत १९९७ सालमा साबिक पाैवासारताप वडा नं १ स्थित पाैवा गाउँ हालकाे फाल्गुनन्द गापा वडानं ३ मा भएकाे थियाे ।

उनले गाउँकाे मनरत्न मिडिल स्कुलबाट औचारिक अध्ययन शुरु गरि दार्जिलिङबाट म्याट्रिक पास गरेका थिए । तत्कालिन राजा महेन्द्रले बहुदलिय ब्यवस्थाकाे अपहरण गरेपछि २०१७ सालकाे क्रान्तिमा संलग्न उनी एक क्रान्तिकारि याेद्धा थिए ।

कंग्रेसपार्टीमा सम्बद्ध भएका कारण देश निकालामा परेका उनले  प्रवास, भुमिगत जीवन बिताए ।हालकाे श्री सार्ताप माबि सार्तापकाे हेडमास्टर भइ लामाे समय सम्म शिक्षण पेशामा संलग्न पनि हो।

अध्ययनमा ठुलाे रुचि भएका उहाँकाे तत्कालिन दार्जिलिड०बाट प्रकाशित हुने दिपक लगायत विभिन्न पत्र पत्रिकामा कथा, निबन्धहरु प्रकाशित छन । उहाँ एक धर्मपत्नी, दुई छाेरा र तीन छाेरि र नातानातिनाहरु छन । कवि थाम्सुहाङ इलाममा रहेर साहित्य सिर्जनामा सक्रिय छन ।

उनकाे पालामकाे मुर्छना कविता संग्रह लगायतका कृतिहरु प्रकाशित छन । साहित्यमा सालिन ब्यक्तित्व, अब्बल सर्जक, अध्ययनशिल, शक्तिशालि समालाेचक मानिने थाम्सुहाड० नेपाली लेखक संघका केन्द्रीय सदस्य र यक्थुङ लेखक संघका केन्द्रीय अध्यक्षमा कार्यरत छन ।

याे पुरस्काले पाउँदाआफुलाई गर्व लागेकाे मेराे साहित्यिक याेगदानकाे सानाे अंशमा भएपनि मुल्यांकन भएकाे कवि थाम्सुहाङले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार