बुद्धलक्ष्मीले जेपि नेम्बाङ्लाई राजा भनेपछि ! `गित सार्वजनिक´ ।।

  टीआर सेनेहाङ  144 पटक हेरिएको

तेह्रथुम,साउन
पछिल्लो समय निकै चर्चा बटुल्न सफल गायक जेपि नेम्बाङ र बुद्धलक्ष्मी दोङको आवाजमा रहेको ‘बरि लै’ बोलको गित सार्वजनिक भएको छ । अनुप खतिवडाको शब्द र गायक नेम्बाङको आफ्नै संगित रहेको यो मार्मिक गित सामाजिक संजाल युट्युव मार्फत सार्वजनिक गरिएको होे । लिम्बु तथा नेपाली गित संगितको क्षेत्रमा स्थापित गायकको रुपमा परिचित नेम्बाङले यो गित श्रोताहरुको मन जित्न सक्ने समेत बताउनुभएको छ । संसार मायाकै भरमा रहेको र जिवनभरीको चोखो माया एकआपसमा सुम्पने कबुल गर्दै मायाको उपहार दिने र दिने शब्दहरु समेटिएको यस गितमा जेपी संगै गायिका बुद्धलक्ष्मी पनि मिठो स्वरमा प्रस्तुत भएकी छिन् ।

गायन संगसंगै मोडलिङमा पनि राम्रो अनुभव बटुलेका जेपिले आधा दर्जन बढि कलेक्सन एल्बम्हरुमा स्वर दिई सक्नुभएको छ भने करिब ३ दर्जन हाराहारीमा गित गाईसक्नुभएको छ । पाचथरको फाक्तेपमा जन्मनुभएका गायक नेम्बाङ हाल काठमाडौलाई कर्मथलो बनाएर सांङगितिक क्षेत्रमा निरन्तर समय दिईरहेका छन् ।

भिडियो यता,

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार