साहित्यकार नेम्बाङको ७८ औं जन्मजयन्ती भव्यताका साथ मनाइयो 

  युद्धबहादुर बोहोरा
14 Shares

पाँचथर : फाल्गुनन्द गाउँपालिकामा विविध साहित्यिक कार्यक्रम सहित साउन २३ गते साहित्यकार अमरकुमार नेम्बाङको ७८औं जन्मजयन्ती भव्यताका साथमा सम्पन्न भएको छ।

सेहोनाम्लाङ्ग साहित्य समाज पाँचथरको आयोजना तथा फाल्गुनन्द गाउँपालिकाको प्रायोजन र हाल दक्षिणी कोरियामा रहेका समाजसेवी भिमराज चेम्जोङको सह-प्रयोजनमा कार्यक्रम भएको थियो।

साहित्य समाजका अध्यक्ष क्षितिज विरहीको अध्यक्षता तथा गाउँपालिका कार्यवाहक अध्यक्ष देवित्रा कुमारी आङ्देम्बेको प्रमुख आतिथ्य साथै प्रमुख प्रशासकीय अधिकृत अनिल तिखत्री,रङ्गवादी कवि धर्मेन्द्र नेम्वाङ,अग्रज साहित्यकार प्रेम ओझा,मधु केरुङ्ग,राम उपाध्याय,सगुन सुसेरा लगायतको विशेष आतिथ्य थियो।

अतिथिहरुले नेम्वाङको जिवनीको बर्णन गर्दै कविता र गजल समेत वाचन गरेका थिए।

कार्यक्रमको आकर्षका लागि कविता तर्फ पाँचथरबाट सन्देश सुब्बा,इलामबाट बिष्णु संगम,जितेन्द्र मुस्कान र गजल तर्फ झापाबाट सुनिता तामाङ,तिलाश्री तिमल्सिना र पाँचथरबाट जुनु खतिवडाले बाचन गरेका थिए।

श्रेष्टा हरुलाई प्रमुख अतिथिबाट मायाको चिनो र प्रमाणपत्र प्रदान गरिएको थियो।

स्व.बुबा नरबिर नेम्बाङ्ग र आमा हाङ्मा थाम्सुहाङ नेम्वाङको कोखबाट १९९८ साउन २३ गते जन्मिएका उनी माइला पुत्र  पाँचथर जिल्लाको लिम्बु समुदायबाट स्नातकोत्तर गर्ने प्रथम व्यक्ति थिए।

उनले स्व.राजा बिरेन्द्र शाह संग भारतको दार्जिलिङमा समेत अध्यन गरेका उनि २०२७ सालमा त्रिभुवन विश्व विद्यालयबाट राजनीतिक शास्त्रमा एमए गरेका थिए।

लामो समय सम्म अमेरिक बसोबास गरि पाश्चात्य साहित्यको गहिरो अध्यन गरेका पछिल्लो समय  समाज सेवा र साहित्य सिर्जनामा व्यस्त थिए।

उनका सम्झनाका तरेली,अमेरिकाको भ्रमणका केही सम्झना र एउटा साँझको अवसान  जस्ता कृतिहरु प्रकाशित भएका छन्।

नेपाल सरकारबाट सुप्रवल जनसेवा पदक द्वारा विभुसित भएका थिए।

पटक पटक प्रधानपञ्च,गाउँ विकास समिति अध्यक्ष र  स्थानीय चुनाव २०७४ मा जिल्लाको फाल्गुनन्द गाउँपालिकाको प्रमुख पदमा निर्वाचित भएका नेम्वाङको २०७५ माघ २६ गते कार्यक्रम स्थलमा हृदयघात भइ  ढले पछि उपचारमा लाँदै गर्दा बाटो निधन भएको थियो।

प्रथम स्मृति दिवस २०७६ माघ २६ गते मनाउने 

“अमरकुमार नेम्वाङ साहित्य प्रतिष्ठान” खडा गरि स्मृति ग्रन्थ समेत तयार गने योजना रहेको पारिवारिक स्रोतका कवि धर्मेन्द्र नेम्वाङले अग्रिम जानकारी गरा।

 प्रतिष्ठान मार्फत ग्रामीण भेगमा रहेर साहित्य क्षेत्र योगदान पुर्‍याउने व्यक्तित्वहरुलाई सम्मान स्वरुप वार्षिक एक लाख रुपैया प्रदान गरिने उनले बताए।

सरल,बौद्धिक र असल अभिभावक नेम्वाङको अपुरा सपना र दुरदृष्टि सवैले अनुसरण गर्न सके हरेक क्षेत्र प्रगति हुने कार्यक्रममा उपस्थित बुद्धिजीवी र शुभचिन्तकले बताए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार