फरक आयामद्वारा इलाममा सरसफाई अभियान सुरु

इलाम : साहित्यिक अभियान ‘फरक आयाम’ ले साहित्यिक गतिविधिसँगै इलामममा सरसफाई अभियान सुरु गरेको  छ ।

नियमित साहित्यिका कार्यक्रमका अतिरीक्त सरसफाई कार्यक्रम समेत संचालन गर्ने गरी अभियान सुरु गरिएको फरक आयामका अभियान्ता युविर चेम्जोङले जानकारी दिए ।

अभियानको उद्घाटन इलाम उद्योग वाणिज्य संघका अध्यक्ष ईश्वर चिपालुले गरे । अभियानको सुभारम्भको दिन इलामको ओपिधारा र आसपासका क्षेत्रमा सरसफाई गरेको छ । क्रमश अन्य क्षेत्र हुँदै पयर्टकीय भालुढुङ्गासम्म सरसफाई संचालन गरिने अभियान्ता चेम्झोङले बताए ।

पहिलो दिन तीन बोरा प्लाष्टिकजन्य फोहोर संकलन गरिएको फरक आयामका अभियान्ता महेन्द्र विरहीले जानकारी दिए । कार्यक्रममा इलाम उद्योग वाणिज्य संघका अध्यक्ष चिपालु सहित वरिष्ठ उपाध्यक्ष कृष्ण पौडेल, पर्यटकीय स्थल भालुढुङ्गा पर्यटन प्रबद्र्धन समितिका अध्यक्ष हरि गुरुङ, इलाम नगर पर्यटन इलाम नगरपालिका ६ का संयोजक प्रकाश थाम्सुहाङ, फरक आयामका अभियान्ता भीम लिम्बू, अर्जुन लिम्बू, कवि हाङयुग अज्ञात, सरसफाई अभियान्ता राम रिमाललगायतको सहभागिता रहेको थियो ।

‘सफा पर्यावरण, पर्यटनको आधार’ भन्ने मूल नाराका साथ सुरु भएको अभियान जिल्लाका अन्य क्षेत्रमा समेत विस्तार गरिने इलाम नगर पर्यटन इलाम नगरपालिका ६ का संयोजक प्रकाश थाम्सुहाङले बताए ।

कवि हाङयुग अज्ञातले ठाउँठाउँमा फोहोर फ्याँक्ने भाँडो र सूचना टाँस्‍न जरुर रहेको सुझाव दिएका थिए । इलाम उद्योग वाणिज्य संघका अध्यक्ष इश्वर चिपालुले सुझावको विषयलाई सम्बन्धित निकायसमक्ष पुर्‍याउने प्रतिवद्धता जनाए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार