NTUC तेह्रथुमको वनभोजमा मेयरले के बोले?

तेह्रथुम,१४ असार
म्याङलुङ नगरपालिकाका प्रमुख सञ्जय कुमार तुम्बाहाङफेले आफुले कार्य सम्दापन गर्दा पार्टीगत नभई नितीगत कार्यमा जोड दिएको बताउनुभएको । एन टि यू सि तेह्रथुमले सनिबार म्याङलुङमा आयोजना गरेको बनभोज कार्यक्रममा आफ्नो भनाई राख्दै मेयर तुम्बाहाङफेले चुनावी दौडानमा कुनै पार्टीको लागोबाट आफु स्थानिय सरकारको प्रमुख पदमा पुगेपनि जनप्रतिनीधी भनेको साझा व्यक्ती भएकोले काम कार्बाहीमा पाटिगत कुुुुरालाई बिर्षनुपर्ने धारणा राख्नुभयो । उहाले एन टि यू सि तेह्रथुमले उत्पादन गरेको १ सय ४२ जना बिभिन्न सिप सिकेको नागरिकलाई स्वरोजगार बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।औपचारिक कार्यक्रमका प्रमुख अतिथी रहनुभएका तुम्बाहाङफेले आफुले नगरको समृद्धीका लागी अहोरात्र लागी परेको बताउदै सिप सिकेर केही गर्छु भन्ने सस्था तथा व्यक्तीलाई लक्षित गरि आगामी आर्थिक बर्षमा योजना बनाउने विश्वास दिलाउनुभयो ।

म्याङलुङ नगरपालिका–१ स्थित भ्यु टावर डाडामा आयोजित वनभोज कार्यक्रममा अन्र्तपार्टी जिल्ला महिला सञ्जालका अध्यक्ष साबित्रा राईले एन टि यू सि तेह्रथुमले ९० प्रतिशत महिलालाई प्रदान गरेका सिपमुलक तालिमले नगर क्षेत्रका महिलाहरु आत्मनिर्भर बन्न सहयोग पुग्ने बताउनुभयो । त्यस्तै प्रेश युनियन तेह्रथुमका अध्यक्ष टीआर सेनेहाङले समृद्ध नेपाल र सुखि नेपालीको नारा साकार हुनका लागी आर्थिक रुपमा स्वनिर्भर बन्न आश्यक रहेको बताउनुभयो । उहाले आर्थिक उन्नतीको अनन्त श्रोत भएको नै सिपमुलक कार्य रहेको धारणा राख्नुभयो । कार्यक्रममा आफ्नो भनाई राख्दै सिलाई बुनाई संघका अध्यक्ष सारा कुरुम्बाङले आफुले सिकेको सिप भागवण्डा नहुने र आफ्नो खुट्टामा उभ्याउन सक्ने माध्यम सिपमुलक कार्य गर्न सबै महिलाहरुलाई आग्रह गर्नुभयो ।

एन टि यू सि तेह्रथुमले बिभिन्न प्राविधिक शिक्षालयको सहकार्यमा नगर क्षेत्रका १ सय ४२ जनालाई सिपमुलक तालिम दिईरहेको छ । एन टि यू सिले मेसन , व्यटिसियन,सिलाईकटाई , हाउस वाईरिङ,फेसन डिजाईन र ढाका कपडाका लागी १ सय ४२ जनालाई ६५ देखी ९० दिनसम्मको तालिम प्रदान गरेको । एन टि यू सि तेह्रथुमका अध्यक्ष डिल्लीराम रेग्मीले जानकारी दिनुभयो । जस्अन्र्तगत ढाका सम्बन्धी तालिम समापन भईसकेको छ भने अन्य सिकाईका तालिमहरु सञ्चालन भईरहेका छन् । नगर क्षेत्रको ५ स्थानमा सञ्चालित तालिमा मेसन ,व्यूटिसियन र सिलाईकटाईमा कान्तिपुर शिक्षालय पोखरा,ग्रिस्नीमा मल्टि टेक्निकल ईन्स्टीच्यूट काठमाडौ र सवा नेपाल काठमाडौले प्राविधिक सहयोग गरेका छन् ।

तालिमका प्रशिक्षक र प्रशिक्षार्थी बिको अन्र्तसम्बन्ध सुमधर कायम गरिराख्नका लागी सम्झना स्वरुप आयोजना गरिएको वनभोज कार्यक्रममा बिभिन्न सिप सिकेका सहभागीहरुबाट गायन,नृत्य तथा क्यारिकेचर लगायतका प्रतिभाहरु प्रस्तुत गरेका थिए । कार्यक्रमका सहभागीहरुलाई प्रमुख अथिती नगर प्रमुख तुम्बाहाङफेले प्रमाण पत्र वितरण गर्नुभएको थियो । कार्यक्रम एन टि यू सि तेह्रथुमका अध्यक्ष डिल्लीराम रेग्मीको अध्यक्षतामा सम्पन्न भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार