उत्तमजङ र अन्जु पन्तको ‘तिमी डुब्यौ’ गित भाईरल बन्दै

  टीआर सेनेहाङ  91 पटक हेरिएको

तेह्रथुम , ९ जेठ
केही दिन अघिमात्र सार्वजनिक गरिएको ‘तिमी डुब्यौ कि मेरो प्रेममा’ बोलको म्यूजिक भिडियोलाई दर्शकहरुले औधी मन पराएका छन् । चर्चित गायिका अञ्जु पन्त र चकलेटी गायक उत्तमजङ लिम्बु लावतीको सुमधुर स्वरमा सजिएको यस गितलाई हजारौले युट्युव मार्फत हेरिसकेका छन् ।

साहित्यकार तथा श्वास्थ्यकर्मी हेनसेन याख्खाकोे उत्कृष्ट शब्द रहेको यस प्रेमिल गितमा गायक तथा संगितकार उत्तमजङ नै संगित भरेका छन् । पुर्वको अति नै चर्चित पर्यटकिय क्षेत्र इलामको श्रीअन्तु, झापाको दोमुखा र इटहरीको गोकर्ण रिसोर्ट लगायतका स्थानमा छायाँकन गरिएको भिडियोको निर्देशक तथा कलाकार देउकृष्ण लिङखा याख्खा देवानले निर्देशन गरेका हुन् ।

एकअर्काको मायाका डुब्दा संसार नै आफ्नै हो भन्ने भान हुने र मायालुको काख भन्दा चरम सुख कहि पाईदैन भन्ने मिठो भाव बोकेको यस भिडियोमा कलाकार आयुषा लिम्बुखिम र तिलक खत्रीले भरपुर प्रेममय मायाको अनुभव साटेका छन् ।

कष्ण सुवेदीको श्रृङगारमा, शिर कमार साङपाङ राइर्् र दिनेश राईले खिचेका रहेको भिडियो दर्शक श्रोताले अझ मन पराउने अपेक्षा लिईएको निर्देशक देवानले बताए ।

भिडियो यता ,

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार