काठमाडौं : नेपालमा ‘पब्जी’ खेलमाथि प्रतिबन्ध लगाइएको छ ।
महानगरीय प्रहरी अपराध महाशाखाको विशेष पहलमा बिहीबारदेखि सबै इन्टरनेट सेवा प्रदायक कम्पनीहरुलाई पब्जी खेल बन्द गर्न निर्देशन दिइएको नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले बताए ।
हामीसित कुरा गर्दै उनले बालबालिकामा त्यसबाट एकोहोरो लत बस्दै नकारात्मक असर देखिनेलगायतका विभिन्न समस्या बढेको गुनासो आएपछि पब्जी खेल बन्द गर्न लगाइएको जानकारी दिए ।
पब्जी इन्टरनेटमा खेलिने भिडियो खेल हो । यो अनलाइन खेलको उत्पादन दक्षिण कोरियाली भिडियो गेम कम्पनी ‘ब्लूहोल’ मातहतको पब्जी कर्पोरेसनले गरेको हो ।