ट्राफिक कार्यालय अगाडी हेल्मेट बिनाको होली ! (हेर्नुहोस् भिडियो/फोटो फिचर)

  नयाँ बुलन्द
0 Shares

इलाम : इलामसहित देशभर आज फागु पूर्णिमा अर्थात् हाेलीकाे रौनक छ । बालबालिकादेखि वृद्धवृद्धासम्म यो रंगीन पर्वमा रमाइरहेका छन् ।

हाेलीमा स्वेदेशी सँगै विदेशी पिन रमाइरहेका छन् । इलाम चौकबजार लगायतकाे स्थानमा विविध सांस्कृतिक कार्यक्रम सहित युवा, युवती, बालबालिका समेत रंगको पर्व धुमधामले मनाइरहेका छन् ।

तर पर्वको नाममा ट्राफिक नियम उल्लंघन भएको पाइएको छ । कतिपय युवाहरु सडकमा नाचगान गरेर सडक जाम गरिरहेका थिए भने कतिपय हेल्मेट विना मोटरसाइकलमा सवार देखिन्थ्यो । कतिपयले तीन जना समेत सवार दिखिन्थे ।

अचम्मको कुरा चाँही जिल्ला ट्राफिक कार्यालय इलाम चोकबजार अगाडि नै विना हेल्मेट र तीन जना सवार हुँदा समेत सम्बन्धित पक्ष मुकदर्शक भएर बुसेको देखिन्थ्यो । यो दृश्यले कुनै पर्वको नाममा कानुन वा नियम उल्लंघन गर्न पाइने नकरात्मक सन्देश त दिने होइन ? सोचनीय छ ।

सबै तस्वीर : राम योङहाङ

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार