गजल

स्पर्श अतित योङहाङ

सागर जस्तै नदी अनि नदी जस्तै खोली कहाँ हुन्छ र ?

हिजो जस्तै आज अनि आज जस्तै भोली कहाँ हुन्छ र ?

 

सुख दु:ख जीन्दगीमा मेलापात र रमझमले

पूर्णीमाको मेला जस्तै फागुको होली कहाँ हुछ र ?

 

जन्मेपछि मर्छ मान्छे यो साश्वत सत्य कुरा हो

सोचेजस्तै जीन्दगीको मिठो बोली कहाँ हुन्छ र ?

 

समय रोकिन्दैन, आज भाको मान्छे भोली मर्न सक्छ

विवाहमा जन्ती जस्तै मलामीको टोली कहाँ हुन्छर ?

 

लेखन नयाँ बुलन्द डटकमका उपसम्पादक हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार