कथाकार वियस राईको ‘हिउँमाझी’ माथि विमर्श (भिडियो सहित)

इलाम : कथाकार वियस राईद्वारा लिखित कथाकृति ‘हिउँमाझी’ माथि बिहीबार इलाममा विमर्श गरिएको छ । सदरमुकामस्थिम बगैंचा रेष्टुर्न्टमा भएको कार्यक्रममा ‘हिउँमाझी’ मा समेटिएको विषयवस्तुको चर्चा गरिएको थियो ।

‘फरक आयाम’ नाम साहित्यिक संस्थाको आयोजना गरेको कार्यक्रममा कथाकार राईले कृतिमा ४ वर्ष लगाएर लेखेको १३ वटा कथाहरु कृतिमा समावेश गरेका बताए । उनका कथाहरु स्थानीय समाजिक परिवेशमा आधारित रहेको बताइयो । उनले कथामा उल्लेख गरिएका विभिन्न पात्रहरुले कथा भन्दा पनि स्थानीय परिवेषको यथार्लाथ जीवनई झल्काउने गरी कथा लेख्न खोजिएको बताए ।

कार्यक्रममा बोल्दै वक्ता सिर्जनशील अराजकताका अभियानता हाङयुग अज्ञात र फरक आयामका जितेन मुस्कानले कृतिले समग्र नेपाली माटोको यथार्थतालाई चित्रण गरेको बताएका थिए । लेखकले मौलिक परिवेशमा आधारित भएकाले अन्य कृतिभन्दा ‘हिउँमाझी’  बढी पठनीय रहेको उल्लेख गरेका थिए ।

कार्यक्रमको सहजीकरण साहित्यकार बाबु बलिन्द्रले गरेका थिए । कार्यक्रमका स्वागत फरक आयामका सन्धीभक्त शंकरले गरेका थिए ।

हेर्नुहोस् भिडियो :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार