निर्वाचन आचारसंहिताबारे इलाममा पत्रकारहरूसँग अन्तरक्रिया (भिडियोसहित)

इलाम : निर्वाचन आचारसंहितासम्बन्धी पत्रकारहरूसँग इलाममा सोमबार अन्तरक्रिया कार्यक्रम गरिएको छ ।

जिल्ला निर्वाचन कार्यालय इलामको आयोजनामा जिल्ला समन्वय समिति इलामको समीक्षा हलमा गरिएको हो । कार्यक्रममा जिल्ला निर्वाचन अधिकारी देवीचरण फुएलले ननिर्वाचन आचारसंहिताबारे प्रस्तुति राख्दै निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन आचारसंहिताको कडाइका साथ पालना आवश्यक रहेको बताए । प्रमुख जिल्ला अधिकारी लक्षमण ढकालले निर्वाचन अवधिमा सञ्चारमाध्यमको भूमिका झनै संवेदनशील र जिम्मेवार हुने उल्लेख गरे ।

पत्रकार सटेन्द्र जवुगू, सोम सुसेली, भीम चापागाइ, गणेश घिमिरे, सविता पाण्डेलगायतले  तथ्यपरक, सन्तुलित र आचारसंहिता अनुकूल समाचार सम्प्रेषण गर्न पत्रकारहरू प्रतिबद्ध रहेको जनाउँदै निर्वाचनको दिन र मतगणनाको समयमा सहज रूपमा समाचार सङ्कलन गर्न पाउने वातावरण मिलाइदिन आग्रह गरेका थिए ।

अन्तरक्रियामा पत्रकारहरूले उठाएका जिज्ञासामा प्रजिअ ढकालले जवाफ दिँदै आगामी निर्वाचनलाई निष्पक्ष र विश्वसनीय बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेको निष्कर्ष निकालिएको थियो ।

भिडियो हेर्नुहोस् :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार