
इलाम : टाइब्रेकरमा भारतको दार्जिलिङस्थित हिमालय फुटबल क्लबलाई पाखा लगाउँदै सुनसरीको फेयर फुटबल क्लब इलामको माङसेबुङमा सञ्चालित १६ औं संस्करणको पवित्रहाङमा गोल्डकप महिला फुटबल प्रतियोगिताको सेमिफाइलन प्रवेश गरेको छ ।
आज (बुधबार) प्रस्तावित आत्मानन्द रङ्शालामा भएको अन्तिम क्वार्टरफाइनल खेलमा फेयर क्लबले हिमालयलाई टाइब्रेकरमा ५-४ गोल अन्तरले पराजित गर्यो । निर्धारित समयमा दुवै टोलीबाट हुन नसकेपछी खेल टाइब्रेकरमा पुगेको थियो । हिमालयको एक प्रहार फेयरकी गोलरक्षक गंगा गुरुङले उत्कृष्ट बचाउ गर्दै टोलीलाई जित दिलाइन् । प्लेयर अफ द म्याच घोषित गुरुङले नगद ३ हजार ५ सय ७० पुरस्कार प्राप्त गरिन् ।
सेमिफाइनलका दुवै खेल बिहीबार सञ्चालन हुनेछन् । फाइनल प्रवेशका लागि पहिलो सेमिफाइनलमा पाँचथरको मिक्लाजुङ फुटबल क्लब र इलामको जनता सेभेन स्पोर्ट्स क्लबबीच प्रतिष्पर्धा हुनेछ । दोस्रो खेलमा पाँचथरको दारिम्बा फुटबल क्लब र सुनसरीको फेयर फुटबल क्लब आमनेसामने हुने आयोजक आत्मापवित्र खेलकुद समिति अध्यक्ष मनकुमार आङबुहाङले जानकारी दिए ।
प्रतियोगिताका विजेता टिमले नगद तीन लाख ७० रुपैयाँसहित ट्रफी एवम् उपविजेता टिमले नगद दुई लाख ७० रुपैयाँसहित ट्रफि पाउनेछ । प्रतियोगिताको फाइनल फागुन २ गते हुनेछ ।
स्थानीय किरात धर्मगुरु आत्मानन्द लिङदेनपत्नी पवित्रहाङमा साँवा (लिङदेन) को ७० औं जन्मोत्सवको अवसरमा सञ्चालित प्रतियोगितामा नेपाल र भारतका गरी ८ महिला टोलिको सहभागिता रहेको छ ।
भिडियो :
तस्बिरहरु ;































































