
इलाम : इलामको जनता सेभेन क्बल जिल्लाको माङसेबुङमा सञ्चालित १६ औं संस्करणको पवित्रहाङमा गोल्डकप महिला फुटबल प्रतियोगिताको सेमिफाइलन प्रवेश गरेको छ ।
आज (मङ्गलबार) प्रस्तावित आत्मानन्द रङ्शालामा भएको खेलमा मोरङको बेलबारी फुटबल क्लबलाई २-१ को गोल अन्तरमा पराजित गर्दै जनता सेभेनले सेमिफाइनलको यात्रा तय गरेको हो ।
जनता सेभेनले लिएको सुरुवाती अग्रता नै जितका लागि सहज बन्यो । खेलको नवौं मिनेटमै जनता सेभेनले अग्रता बनाएको थियो । कल्पना जिम्साको उत्कृष्ट एसिस्टमा रेखाले गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाइन् । ४५ औं मिनेटमा जनता सेभेनकी सरिता नाथले फ्रिकिकको अवसरलाई सदुपयोग गर्दै टिमको अग्रता दोब्बर बनाइन् ।
सुरुदेखि नै दबाबमा परेको बेलबारीले ६१ औं मिनेटमा सान्तवना गोल फर्काउन सफल भयो । बेलबारीका लागि लोचना लिम्बूले एकमात्र सान्वता गोल फर्काइन् ।
प्लेयर अफ दी म्याच विजेता जनता सेभेनकी रेखा विष्ट घोषित हुँदै नगद रु ३ हजार ५ सय ७० प्राप्त गरिन् ।
बुधबार हिमालयन फुटबल क्बल र फेयर फुटबल क्लबबीच प्रतिष्पर्धा हुने आयोजक आत्मापवित्र खेलकुद समिति अध्यक्ष मनकुमार आङबुहाङले जानकारी दिए ।
प्रतियोगिताका विजेता टिमले नगद रु. तीन लाख ७० रुपैयाँसहित ट्रफी एवम् उपविजेता टिमले नगद रु. दुई लाख ७० रुपैयाँसहित ट्रफि पाउनेछ । प्रतियोगिताको फाइनल फागुन २ गते हुनेछ ।
स्थानीय किरात धर्मगुरु आत्मानन्द लिङदेनपत्नी पवित्रहाङमा साँवा (लिङदेन) को ७० औं जन्मोत्सवको अवसरमा सञ्चालित प्रतियोगितामा नेपाल र भारतका गरी ८ महिला टोलिको सहभागिता रहेको छ ।
भिडियो :
तस्बिरहरु :
























































