यौनप्रति युवाको अनिच्छा बढ्दा जनसंख्या घट्दो


 

एजेन्सी :आधुनिकतासँगै उदारताका हिसावमा जापान पश्चिमा समाज जत्तिकै मानिन्छ । तर पछिल्लो समय यौनमा युवाको अनिच्छा बढ्दै जाँदा जापानमा जनसंख्या बृद्धिदर घट्न जाँदा जापान सरकारलाई नै चिन्तित तुल्याएको छ ।

हुनलाई जापान लभ होटलको अवधारणा आविष्कार गर्ने देश समेत हो । तर यो देशको युवामा भने नयाँ परिवर्तन आइरहेको छ ।

२६ वर्षिया कमेडियन एनो मात्सुई भन्छन् “मैले कहिले केटीहरुलाई प्रभावित पार्न सकिँन । एक पटक मैले एक केटीलाई डेटको लागि प्रस्ताव राखेको थिएँ उनले अस्वीकार गरिन् । त्यसले मलाई निक्कै चोट पु¥यायो । ”

एनो मात्सुई जापानमा बढिरहेको सम्बन्धविहीन युवाहरुको ठूलो समूहको एक प्रतिनिधी हुन् । पछिल्लो तथ्याङ्कमा १८ देखि ३४ वर्ष उमेर समूहका ६४५ जापानी युवा कहिले सम्बन्ध नपरेको पाइएको थियो । सोही तथ्याङ्कमा सो समूहका ४३५ युवाहरुले कहिले यौन सम्बन्धमा नराखेकोे पाइएको थियो ।

के तपाईंको साथीहरुको स्थीति पनि यस्तै छ कि भन्ने प्रश्नमा उनले भने “मजस्तो महिलासँग पन्छने पुरुषहरु धेरै छन् । हामीलाई अस्वीकृतीले अत्याउँछ । सम्बन्धमा रहनुभन्दा बरु एनिमेसन गरेर बस्नु मज्जा । खासमा म आफैलाई घृणा गर्छु र यसमा म केही गर्न सक्दिँन ।”

त्यसपछि हाम्रो भेट ४५ वर्षिया आर्टिस्ट रोकुदेनाशिकोसँग भयो । अघिल्लो पुस्ताको प्रतिनिधित्व गर्ने उनलाई हाम्रो पहिलो प्रश्न थियो – नयाँ पुस्तामा आइरहेको परिवर्तनले के उनलाई अचम्मित तुल्याउँछ रु “हो, ठूलो परिवर्तन देखिन्छ । मेरो पुस्ताको लागि यौन जीवनको महत्वपूर्ण हिस्सा हो । सम्बन्ध निर्माण सजिलो कुरा होइन । एक केटाले केटीलाई डेटको प्रस्ताव राखेबाट यो शूरु हुन्छ । तर धेरै केटाहरु आजकल यो प्रकृयालाई झन्झट मान्न थालेको जस्तो देखिन्छ । उनीहरु बरु पोर्न हेरेर सन्तुष्टी लिन थालेका छन् । ”

पुरुषहरुको अवस्था बुझेपछि हामीले युवतीहरुको के अवस्था छ जान्न चाह्यौ । २४ वर्षिया लेखा अधिकृत अन्ना भन्छिन्, “मेरो लागि यौनभन्दा खाना र निन्द्रा महत्वपूर्ण छ । मलाई यौनको त्यति चाहना छैन ।”

गफको क्रममा उनको सम्बन्धप्रतिको घृणाको खास कारणबारे खुल्यो “विश्वविद्यालय जान थाले पछि पहिलोपटक मैले अभिभावकको नियन्त्रणबाट स्वतन्त्रताको महसुस गरंँ । पहिलोपटक म साथीहरुसँग अबेरसम्म घुम्न वा पिउन सक्ने भएँ । प्रेमीले मैले पाएको यो नयाँ स्वतन्त्रता नियन्त्रण गरिदिनेछ, म त्यो चाहन्न ।” सम्पन्न राष्ट्र मध्ये जापानमा महिला स्वतन्त्रताको अवस्था दयनीय रहेको छ ।

पोर्नोग्राफी, न्यून आत्मसम्मान वा पितृसत्तात्मक नियन्त्रणबाट मुक्तिको चाहना कारण जे सुकै होस् जापानको आधा जनसङ्ख्या सम्बन्धको कुनै अनुभवबिना ३० वर्षमा प्रवेश गर्दै छ । सम्पन्न देशमा यो अचम्म पार्ने खालको तथ्याङ्क हो ।

यसले जापानको पहिलेदेखि घटिरहेको जनसङ्ख्यालाई झन् नकारात्मक असर पार्ने देखिन्छ । युवा जनसङ्ख्यामा बच्चाको रुचि राख्ने हिस्सामा निक्कै कमी आएको छ ।

जापानको जनसङ्ख्या सन् २००८ देखि २०१५ को बीचमा रेकर्ड दश लाख घट्यो । घट्दो जन्मदर तर बढ्दो औसत आयूको कारणले यो देशमा ६५ भन्दा बर्ष उमेर माथिकाको जनसङ्ख्याको हिस्सा २५५ पुगेको छ । विज्ञले त्यो हिस्सा बढेर ४०५ सम्म पुग्न सक्ने बताउछन् । यो संसारको कुनै देशले पहिला नभोगेको अवस्था हो । यसले राज्यको अर्थतन्त्रमा कस्तो असर पार्छ भनेर अनुमान मात्र गर्न सकिने अवस्थामा छौ्र ।

अहिलेको दरमा जनसङ्ख्या घटेमा हालको १३ करोड जनसङ्ख्या घटेर सन् २१०० सम्म ४।६ करोड हुनेछ । सरकारले यो चिन्ताजनक अवस्था समाधान गर्न चासो राखेको छ । उसले युवाहरुमा विवाह प्रोत्साहन गर्ने कार्यक्रम ल्याएको छ । तर अध्ययनले अविवाहित युवामा मात्र होइन विवाहित जोडीबीच पनि यौन सम्बन्ध हुन छाडेको देखाएको छ । अध्यययनले ५०५ विवाहित जोडिबीचमा पनि यौन सम्बन्ध हुन छाडेको जनाएको छ ।

त्यसको कारणमा २१५ पुरुषले थकानलाई कारण देखाएका छन् । २३५ महिलाले यौनलाई अनावश्यक झमेलाको रुपमा व्याख्या गरेका थिए । जापान विश्वमा सबैभन्दा लामो अफिस टाइम भएको देशमा पर्छ । लामो समयको कामले यौनमा असर पर्ने कुरा प्रमाणीत मनोवैज्ञानिक तथ्य हो । जापानमा धेरै कामले सम्बन्धमा असर पर्ने मात्र होइन ज्याननै जाने प्रसस्त घटनाहरु बाहिर आइरहन्छन् । गिर्दो श्रमशक्तिको नकारात्मक असर यो पनि हो , यहाँ विधमान श्रमशक्तिलाई लामो समय काम गराएर अभाव पुर्ति गर्न खोजिदैछ ।

बदलिदो समाजिक अवस्थाको बारेमा टोकियोमा भेटिएकी एक युवतीले भनिन्, “आजकल धेरै महिलाहरु घरबाहिरको काम गरिरहेका छन् । जुन एक हिसाबले राम्रो पनि हो किनकी यसले जापानमा खुम्चदो श्रमशक्तिलाई पुर्ति गरिरहेको छ । यही कारणले धेरै महिलाहरुले विवाहमा विलम्ब गरिरहेका छन् । त्यसले समाजिक समस्या निम्त्याइरहेको छ ।”

अर्का पुरुषले भने “शहरको जीवन एकदमै महङ्गो छ । यहाँ परिवार शुरु गर्नु वा बच्चा जन्माउनु त झन् एकदमै गा¥हो कुरा हो । ”

जापानमा खुम्चदो श्रम शक्तिको असर हेर्न सबैभन्दा राम्रो ठाउँ वृद्धाश्रम हो । त्यहाँ एकदम वृद्धको हेरचाह गर्ने काममा ६५ वर्ष माथिका मान्छेहरुनै छन् । यही वृद्धाश्रममा भेटिएकी एक वृद्धाले भनिन युवाहरु काममा यति धेरै व्यस्त हुन्छन् कि उनीहरुलाई सामाजिकरणको लागि समयनै हुदैन । यसले सम्बन्ध हुने सम्भावनै रहदैन ।”

जापानमा यो समस्याको समाधानका लागि दुई विकल्पमा बहस भइरहेको छः रोबोटको प्रयोग र लचक आप्रबासी नीति । बहस यी दुबै विकल्पमा भएपनि मुख्य ध्यान रोबर्टमा दिइएको छ । जस्तो बृद्धहरुको स्याहार सुसार गर्ने रोवर्ट निर्माणमा मात्रै लाखौं लगानी भइरहेको छ ।

आप्रवासीहरु प्रति लचिलो नीति भने जापानमा त्यति लोकप्रिय पाइँदैन । जापान विश्वमै सबैभन्दा समरुपी राज्य हो । यहाँ ९९५ जनसङ्ख्या एउटै जातिका रहेका छन् । यो कारणले आप्रबासीको सम्बन्धमा यो राष्ट्र सधैं असहज मान्ने गर्छ । बहुसङ्ख्यक जनतामा लचिलो आप्रवासी नीति अलोकप्रिय रहेको अवस्थामा सरकारले यूरोप वा अमेरीकामा जस्तो आप्रवासन नीति लिने सम्भावना छैन । टोकियोको बाटोमा भेटिएकी एक युवतीले भनिन्, “म विदेशीहरुको विरोधी त होइन तर यो जापानी समस्या हो र यसलाई हामी आफैले समाधान गर्नुपर्छ ।”

जापान मात्र तिव्र गतिमा बृद्ध भइरहेको मुलुक होइन । आगामी पाँच वर्षमा विश्वका १३ राष्ट्रहरुमा ६५ वर्षभन्दा बढी उमेरका जनसङ्ख्या २०५ हुनेछ । अमेरीकाले सन् २०३० मा सो स्थान प्राप्त गर्नेछ । त्यो बेला विश्वका ३४ राष्ट्रको त्यस्तो अवस्था हुनेछ । तर, तत्कालका लागि जापानले यसको नेतृत्व गरिरहेको छ । जापानले हाल लिने कदम भविष्यमा उस्तै समस्या भोग्दै गरेका राष्ट्रहरुका लागि उदाहरण हुनेछ ।

एजेन्सीहरुको सहयोगमा

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार