एनसीडीसीले गर्‍यो छात्रावृत्ति वितरण

माइजोगमाई : नामसालिङ्ग सामुदायिक विकास केन्द्र ( एनसीडीसी) ले माइजोगमाई गाउँपालिका १ साविक नयाँबजार गाविस भित्रका ३७ जना छात्रालाई छात्रावृत्ति प्रदान गरेको छ । आइतबार अमरकल्याण माध्यमिक विद्यालयमा एक एक कार्यक्रमको बिच छात्रावृति वितरण गरेको हो ।

केनद्रले कक्षा १ देखि ५ सम्मका विद्यार्थीलाई प्रति विद्यार्थी एक थान झोला, शैक्षिक सामाग्री सहित नगद ७ सय, कक्षा ६ देखि सम्मका विद्यार्थीलाई नगद ८ सय र ९ र १० का विद्यार्थीलाई नगद १ हजार ५ सयका दरले छात्रवृति प्रदान गरिएको केन्द्रले जनाएको छ ।

यस अघि माइजोगमाई गाउँपालिकाको ३ र ४ नम्बर वडा नामसालिङ्गमा ४३ जना छात्राहरुलाई छात्रावृति प्रदान गरिसकेको र अब सोयाङमा २८, जोगमाईमा १८ ,गोर्खेमा २७ जना, माबुमा ३० जना र जमुनामा ३० जना छात्रालाई छात्रवृति प्रदान गर्ने केन्द्रको योजना रहेको नामसालिङ्ग सामुदायिक विकास केन्द्रले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार