को हुन् पाइलट प्रभाकर केसी ?

काठमाडौं : ताप्लेजुङमा दूर्घटना भएको हेलिकप्टरका पाइलट प्रभाकर केसीले फिलिपिन्सबाट ६ महिनाको प्रशिक्षण लिई २०१२ फ्रेब्रुअरी १७ मा पाइलट बनेका थिए ।

काठमाडौंको ताहाचलमा स्थायी घर भएका केसीले ताहाचलको साइरिस स्कूलबाट एसएलसी दिएका थिए भने बर्न हार्ट कलेजको अध्ययन गरेका थिए ।

पाइलटींङ कोर्स सकेपछि श्री एअरलाइन्समा ८ महिना काम गरी दुई बर्ष अघि उनी एअर डाएनेष्टीमा आवद्ध भएका थिए ।

आज बिहान ६ बजे परिवारजनलाई भीआईपीको फ्ला्इट छ भन्दै घरबाट निस्केको उनका बुबाले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार