
मंगलबारे : इलामको देउमाई नगरपालिका मंगलबारेका युवा व्यवसायी बिनोद राई सम्मानित भएका छन् ।
त्रिवेणी युथ क्लब देउमाई नगरपालिका मंगलबारेले आफ्नो चौथो साधारण सभाको अवसरमा शनिवार क्लबका संस्थापक उपाध्यक्ष समेत रहेका राईलाई सम्मान गरेको हो ।
संस्था स्थापनादेखि हालसम्म संस्थालाई गरेको योगदानको उच्च मुल्यांकन गर्दै राईलाई सम्मान गरिएको त्रिवेणी युथ क्लब मंगलबारेका अध्यक्ष विक्रम श्रेष्ठले जानकारी दिए ।
हाल मोरङमा ब्यवसाय गर्दै आएका राईले स्थापनाकाल र हाल बाहिर बसेर पनि उत्तिकै सहयोग गर्ने गरेकाले उनलाई सम्मान गरिएको अध्यक्ष श्रेष्ठले बताए । राईलाई प्रमुख अतिथी प्रदेश १ का सांसद रामबहादुरम मगरले दोसल्ला र सम्मानपत्रले सम्मान गरेका थिए ।
सभाका अवसरमा अध्यक्ष श्रेष्ठले क्लवको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यस्तै कोषाध्यक्ष पवन श्रेष्ठले चार लाख ५२ हजार छ सय ४० रुपयाँ बरावरको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
क्वबका अध्यक्ष श्रेष्ठको अध्यक्षता तथा प्रदेश १ का सांसद रामबहादुर मगरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अलैँची व्यवसायी महासंघका केन्द्रिय सदस्य मात्रिका घिमिरे, संस्थापक सदस्य गोपाल बाँस्तोला, इलाम उद्योग वाणिज्य संघका द्धितिय उपाध्यक्ष मानवहादुर ल्वागुन, प्रकासचन्द्र खनाल, मोती गौतम लगायतले मन्तब्य सहित संस्थालाई अझ रचनात्मक कार्य गर्नमा जोड दिएका थिए ।

धिरेन चेम्जोङ, नवयुग श्रेष्ठ, बिशाल तामाङ लगायत थुप्रै खलाडीहरु यहि क्लबबाट उत्पादन भएको कार्यक्रममा जानकारी गराइएको थियो ।
त्रिवेणी युथ क्लको स्थापना २०६० सालमा भएको थियो ।



















































