सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि सबै जुट्नुपर्छ : प्रमुख पौडेल

पूर्वशिक्षक तथा कर्मचारी सम्मानित

  नरेन इलामेली
0 Shares

माइजोगमाई : माइजोगमाई गाउँपालिकाका शिक्षा शाखा प्रमुख केशबराज पौडेलले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि सबै जुट्नुपर्ने बताएका छन् । आइतबार शारदा आधारभूत विद्यालय माइजोगमाई १ लप्सीबोटेमा आयोजित सरस्वती पूजा तथा शिक्षक सम्मन कार्यक्रमलाई संवोधन गर्दै प्रमुख पौडेलले सो कुरा बताएका हुन् ।

पौडेलले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर खच्किनुमा शिक्षक मात्र दोषी नभएको बताउँदै राज्य, शिक्षा हेर्ने निकाय, शिक्षा क्षेत्रका कर्मचारी लगायत अभिभावक समेत दोषी रहेको बताए । यसको सुधारका लागि यसको सुधारका लागि सम्पूर्ण सरोकारवालाहरु जुट्नुपर्नेमा जोड दिए । साथै उनले राज्यले शिक्षा क्षेत्रलाई प्रमुख प्राथमिकतामा नराखेको आरोप समेत लगाए ।

राज्यले शिक्षालाई कहिले सामान्य प्रशासन मन्त्रालयमा लगेर जोड्ने, कहिले सबै अधिकार स्थानिय तहलाई दिने त कहिले सबै अधिकार खोसेर केन्द्र मै राख्ने कामले सरकारले शिक्षा क्षेत्रलाई प्राथमिकतामा नराखेको प्रष्ट हुने उनको तर्क छ ।

प्रमुख पौडेलले माइजोगमाई क्षेत्रको शिक्षाको गुणस्तर कमजोर देखिए पनि वडा नं १ को भने सन्तोषजनक रहेको दावी गर्नुभयो । साथै माइजोगमाई शिक्षा शाखामा दुई जनामात्र कर्मचारी रहेकाले विद्यालय अनुगमनलाई तीब्रता दिन नसकिएको बताए ।

त्यस्तै विद्यालयका पूर्वशिक्षक तथा वडा नं १ का वडाअध्यक्ष यामकुमार कार्कीले देश संघीयतामा गइसके पछि कतिपय कानुनको अभावका कारया काम गर्न असहज भएको स्वीकार गर्दै विद्यालय क्षेत्रलाई व्यवस्थित गर्न गाउँपालिकाले शिक्ष लियमावली बनाएर कार्यानव्यनमा ल्याएकाृ बताए । साथै सो विद्यालयको भौतिक र शैक्षिक विकासका लागि वडा कार्यालयले आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

विद्यालयका प्रधानाध्यापक मदन कुमार घलेले विद्यालयमा बाहिर हेर्दा समस्या नदेखिए पनि विद्यालयमा थुप्रै समस्या रहेको उल्लेख गरे । जसमध्ये कम्प्युटर शिक्षको अभाव ठुलो समस्याको रुपमा रहेको बताए । कम्प्युटर शिक्षकको अभाव हुँदा विद्यालयमा ९ थान कम्प्युटर रहे पनि विद्यार्थीले सिक्न नपाईरहेकाले सम्बन्धित निकायको ध्यानाकर्षण समेत गराए । साथै पछिल्लो समय निजी विद्यालयहरुमा विद्यार्थीकको आकषर्ण जाँदा सामुदायिक विद्यालयलाई पनि आकषर््ाक केन्द्रको रुपमा विकास गर्न आवश्यक रहेकोमा जोड दिँदै यसका लागि सबै जुट्न आह्वान समेत गरे ।

विद्यालयका पूर्व व्यवस्थापन समितिका अध्यक्ष शालिग्राम पौडेलले ुसामुदायिक विद्यालयको शैक्षिक गुणस्तर विग्रिनुमा निती निर्माण गर्ने तह देखि नै कमजोरी भएको औँल्याउनु भयो । सरकारको उच्च तहमा रहेर निती निर्माण गर्नेले निजी विद्यालय संचालनमा मात्र कढाई गरेको तर आफ्नो मातहतमा रहेका विद्यालयलाई व्यवस्थापन गर्न चासो नदेखाएको आरोप लगाए ।

साथै सामुदायिक विद्यालयमा करोडौँको लगानी रहे पनि गुणस्तर कमजोर भएको तर निजी विद्यालयमा अभिभावकले तिरेकै शुल्कबाट संचालन हुँदा पनि गुणस्तर फरक परेकाले सामुदायिक विद्यालयको अस्तित्व बचाई राख्न सरोकारवालाहरुसँग ब्यापक बहस गरी नयाँ ढङ्गले अघि बढ्नुपर्नेमा जोड दिए ।

पूर्वशिक्षक तथा कर्मचारी सम्मानित

कार्यक्रमको अवसर पारेर विद्यालयले चार जना पूर्वशिक्षक र एक जना पूर्व विद्यालय कर्मचारीलाई सम्मान गरेको छ । विद्यालयमा रहेर लामो समयसम्म सेवा पु¥याई हाल सेवा निवृत भएका शिक्षकहरुलाई सम्मान गरिएको हो ।

यसरी सम्मनित हुनेहरुमा पूर्व शिक्षकहरु रोम बहादुर राना, बम बहादुर निरौला, याम कुमार कार्की, छिरिङ मोक्तान तथा पूर्व विद्यालय कर्मचारी दल बहादुर राई रहेका छन् । उनीहरुलाई प्रमुख अतिथि माइजोगमाई गाउँपालिकाका शिक्षा शाखा प्रमुख पौडेलले दोसल्ला र सम्मान पत्रले सम्मान गरेका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार