छुट्टाछुट्टै स्थानबाट सखुवाको काठ बरामद

  नयाँ बुलन्द
0 Shares

झापा : बिशेष सुराकीको आधारमा प्रहरीले झापाको छुट्टाछुट्टै स्थानबाट बुधवार सखुवाको चिरान काठ बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय सुरुङगा र कन्काई सब डिभिजन बन कार्यालय सुरुङगाबाट खटिएको प्रहरी टोलीले झापाको कन्काई नगरपालिका-४ बस्ने चन्द्र चौहानको घरमा लुकाई छिपाई राखेको १८ थान २० दशमलव ३५ क्युविक फिट र कन्काई नगरपालिका-४ का सुकबहादुर श्रेष्ठले गाईगोठमा लुकाई छिपाई राखेको २३ थान १४ दशमलव १७ क्यविक फिट काठ बरामद गरेको हो ।

बरामद गरेको उक्त परिमाणको चिरान काठ कन्‍काई सब डिभिजन बन कार्यालय सुरुङ्गामा बुझाईएको इलाका प्रहरी कार्यालय सुरुङगाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार