पाँचथर : लिम्बू जातिहरुको सामाजिक संस्था किरात याक्थुङ चुम्लुङ याङ्वरक गाउँपालिकाको पहिलो अधिबेशन सम्पन्न भएको छ ।
आइतबार सम्पन्न अधिबेशनले नरेश काम्बाङको अध्यक्षतामा १३ जना समिती रहेको कार्यसमिति निर्वाचित गरेको छ ।
उपाध्यक्ष धनकुमार बेघा,सचीवमा सपना मेन्याङ्बो,सहसचिवमा सुमन योङ्हाङ,कोषाध्यक्षमा छत्र योङ्हाङ र सदस्यहरूमा श्याम बेघा,नरेन्द्र नुगो,रमला सिगु,खड्ग लक्सम,ज्ञानबहादुर योङ्हाङ,राजकुमारी लावती,काजिमान माबो र चन्द्र माङमु सदस्यमा निर्वाचित भएका छन ।
अधिबेशन कियाचुका केन्द्रीय सदस्य कमिता तुम्बापोको प्रमुख आतिथ्यतामा र जिल्ला सचीव सुरेन शिशिर केरुङ,पोर्चुगल महासचिव रुकमान केरुङ,लिम्बू साँस्कृतिक परिषदका केन्द्रीय सचिव बुद्दराज इङ्वाको उपस्तिथिमा सम्पन्न भएको थियो ।