सीमा पारीको विज्ञान केन्द्र र मेमोरियलका विद्यार्थीहरु

  चेतन आङथुपो
7 Shares

बालबालिकाको पहिलो पाठशाला आपनो घर हो भने, दोस्रो विद्यालय हो । घरले संस्कार सिकाउँछ भने विधालयले संस्कृती अर्थात ज्ञान सिकाउँछ । त्यसमा पनि नेपाली समाजमा पछिल्लो समयमा फस्टाउँदैं आइरहेको संस्थागत विधालयलाई सामुदायिक विधालय भन्दा धेरै कुराले चुनौती दिएको हुन्छ । पठनपाठनलाई जहिल्यै कडा अनुशासनको परिधिमा राख्ने गरिन्छ भने, विधार्थीलाई सुगा झै रटाउने, आफ्नो तौल भन्दा बढी पुस्तक भएको झोला भिराउने, चाहिएको भन्दा बढी फिइ लिने संस्थागत विधालयको मनजानी नियम प्रति आलोचना चुलिन्दै आएको पाइन्छ । तैपनि अंगे्रजी भाषालाई विशेष महत्व राखेर अभिभावकहरुले आपनो बच्चाको लागि पहिलो छनौंट संस्थागत विधालयलाई प्राथमिकता दिने सामाजिक सोचका विकास पनि बढ्दो छ ।

आज पनि हुनेखाने अभिभावकहरुकै लागि भएनी अंग्रेजी विधालयहरु खुल्ने क्रंम जारी नै छ । झापाको धरमपुरबाट ६ किलोमिटर दक्षिणमा शिवसताक्षी नगरपालिका वडा नं.३ स्थित श्री बिसि. मेमोरियल अंगे्रजी स्कूल संचालनमा छ । यो पनि अंग्रेजी विधालयको एउटा उदाहरण हो । जुन विधालयले विधार्थीहरुलाई सिमित पठनपाठन र सांघूरो नियममा बाधेर राखेका छैंनन् । पठनपाठन संगै उतिकै व्यावहारिक र सामाजिक बनाउँदै लैजान एउटा उदेश्य लिएका छन । उक्त विधालयले यस बर्ष शैक्षिक भ्रमणको योजना वनाएको थियो । यस भ्रमणमा पंक्तिकारलाई पनि सामेल हुने मौका मिलेको थियो ।

आजकल हाइवेमा छोटो दुरिका यात्रा गर्नका लागि साझा बस पाउन निकै ग्राहो हुन्छ । यस्तो ग्राहो त्यो विहान भएको थियो । जुन पुष महिनाको ६ गते विहान ५ बजे भएको थियो । दमक बसपार्कमा म र क्यामरामेन भाइ संजय सवै भन्दा चाँडो आउने नाइट बसको पर्खाइमा थियौं । प्राय नाइट बसले छोटो दुरिका लागि रोक्र्दैन् थियो । कि विर्तामोड कि काँकाडिभिट्टा जाने भन्दा मात्रै रोक्छन् । तर हाम्रो लागि त्यो शुभ विहान थियो । एउटा नाइट बस हामी उभिएको छेउमा रोकियो । हामी संगै उभिएकोे एक यात्रु काँकडिभिट्टा जान्ने भनि उक्लियो, हामीे दुई यात्रु धरमपुर जाने भन्दा ड्राइभर निकै आक्रोसमा देखियो । तै पनि युवा खलासीले हाम्रो दया गर्दै गुरु जीको कुरालाई वस्त लिएनन् । हामी विहानका ५ः३० बजे धरमपुरको पुर्वबस स्र्टण्डमा झ¥यौं । पुसको पहिलो हप्ताको हुस्सु लागेकाले निकै चिसो थियो । केहि छिनमा बिसी. मेमोरियल अंग्रेजी विधालयको भाइस प्रिन्सिपल भुपेन याङयाले कल गर्नु भयो । अघिल्लो दिनको जानकारी अनुसार हामीलाई बस स्टेण्ड सम्म लिन आउने अनि धरमपुर हाइवेबाट दक्षिण ६ किलोमिटरमा रहेका उनको विधालय सम्म मोटरमा जाने सर्त थियो । हामीले त्यहाँ १ घण्टाको पर्खाइपछि उहाँहरु आउनु भयो । मोटरमा केहि समयपछि विधालय पुग्यौं । चिटिकै परेका विधालयको भवनहरुको डिजाइन यु आकारमा थियो । विधालयको प्राङगण पुर्व खुल्ला खेल मैदान थियो । केहि छिनमा विधालयका स्टाप र विधार्थीहरुको भेला भएपछि हामी सवै विधालयबाट ७ः२४ बजे भारतको उत्तर बंगाल विज्ञान केन्द्र (राष्ट्रिय विज्ञान संग्राहालय परिषद संस्कृति मंत्रालय, भारत सरकार) माटिगारा सिलिगुडी सम्मको भम्रणमा लाग्यौं ।

यात्रा सुरु भए लगतै विस्तारै हुस्सु खुल्र्दै थियो । बसभित्र गीत संगसंगै शिक्षक संगै विधार्थीहरुको हुर्टिङ सुरु भयो । धरमपुर हाइवेमा केहि छिन बस रोक्यो । त्यहाँबाट विधालयको संगित शिक्षक गायक सुरेस राई र थप दुई जना शिक्षक थपिनु भयो । ‘जताजता पिरतिको बाटो…’ गीत संगै विधार्थीहरुको अर्को खुसीको हुर्टिङ सुरु भयो । त्योवेला घडिमा ७ः४७ बजेको थियो । गीत संगैं यात्रा रमाइलो बन्दैं थियो । कक्षा ७ देखि १० सम्मका जम्मा ३० जना विधार्थी प्राय किशोर अवस्थाकै थियो । विधालयका १२ जना शिक्षक र एक जना सहयोगी कर्मचारी संग १३ जना र थप एक पत्रकार, दुई क्यामरामेन र दुई अतिथि गरि जम्मा ४८ जनाको सामूहिक यात्रुहरुको यात्रा पुर्व हाइवे हुँर्दै अगाडि बढ्यो । यात्रामा विधार्थीहरुले घरबाट ल्याएको सिम्बल तरुल, पिरो अचार, प्याजि सवैले खार्दै रमाउँर्दै थियो । जब हाम्रो यात्रा माइधार खोलामा पुग्यो । कोहि विधार्थीहरु ढक्की पैसा झ्यालबाट खोलातिर फालर्दै थियो भने, कोही दायाँ हातलाई निधार सम्म लगेर ढोगि रहेका थियो । उनीहरु सवैका एउटै विश्वास थियों । यात्रा सफल रहोस । माइधरबाट सेतो हुस्सु झन बाकुलिन्दैं आयो । हाइवेमा गाडीहरुको लाइट बलिरहेकै देखिन्थ्यो । झ्यालबाट छिरेका हुस्सु त्यस्मा चिसोले शरिर नै सिरिङग हुँर्दै थियो । मैले गाडी भित्र विधार्थी र शिक्षकहरु गीत गाउँदै हुर्टिङमा आ–आफ्नै मुद्रामा रमाइरहेका दृश्य नियालिरहेका थिए । विर्तामोड देखि फुलवासी पुल पुगेपछि घामको न्यानो प्रकाश खुल्दैं जाँदा हुस्सुमा ऐन्टिलाइट परेका देखिन्थ्यो । म संगै झ्यालतिर बसेका अर्को क्यामरामेन भाई सन्तोस गाडिका चर्र्करले निधाइरहेका थियो ।

गाडिभित्र नेपाली फिल्मको चर्चित गीत ‘गोजिमा दाम छैन….’ मा विधार्थीहरु नाचिरहेका थियो । त्यो गीतको रमाइलो संगै काँकडिभिट्टा आइपुग्यो । केहि छिन्न भुपेन जी र उनका स्टापहरुले नेरु रुपैयाँलाई भारु रुपैयाँमा साट्दै हुनुहुन्थ्यो भने, कोहि विधार्थीहरु भारु पैसा साट्न बस भित्रै पसेका आधाबैंसे महिला संग पैसा साटिरहेको व्यस्तता देखिन्थ्यो । केहि छिनमै खाजा खाने भनेर भुपेन जीले वाइ्ज एक लाइन गलर्् एक लाइन लाएर बेनी होटल पुग्यो । त्यहाँ पुगेपछि विधार्थीहरुले दिशा, पिसाव गरेर आनन्द लिएका थियो । तर नास्ता नबन्ने भएपछि । सवै जना सिमापारि नास्ता खाने भनेर १० मिनेट पैदल हिड्ने लाइन अगाडि बढ्यो । मेचि पुलवरि फलैचामा गायक सुरेस भाइले ‘जसो गर जे भन यो मन त नेपाली….’ गीत गाएर केहि छिन रमाइलो गरेपछि पुनः मेचिपुल हुँदैं पानीट्याङकी सम्मको पैदल यात्रा अघि बढ्यो । पानीट्याङकीमा आधा घण्टाको बसाईपछि हामी भारतीय साझा बस रिजार्व गरेर उत्तर बंगाल विज्ञान केन्द्र पुग्यौं । विज्ञान केन्द्रको प्रवेश द्धवरमा रहेका काउण्टरमा भुपेन जीले केहि छिन प्रवेशका लागि टिकट मिलाएपछि, हाम्रो सामूहिक यात्रा क्याण्टीन पुगेर थकाइ मा¥यो ।

सवैले खाजाका साटो रियो फूर्टि पिएर एकैचोटि १ बजे खाना खाने योजनमा विज्ञान प्रेक्षालयभित्र हुल अघि बढ्यो । त्यहाँ आश्चर्य लाग्दो विभिन्न प्रयोगशाला तथा डिजिटल विज्ञान सामग्रीहरु अर्थात् थ्रिडी लेन्स भएका महङगो वस्तुहरुको अवलोकनमा विधार्थीहरु रमाउन थाले । जसमध्ये बह्रमाण्डको बनौंट, गह्रहरुको उत्पति र गह्रको आयुको बारेमा देखाएको थ्रिडी थिएटरमा शो समेत हे¥यो । अझै अचम्मको दृश्यहरु कृर्तिम जंगल र इथिक समुदायले बनाएको कला सवै भन्दा महत्वपुर्ण थियो । विधार्थीहरुले पाठ्य पुस्तकमा पढेका विषयहरु प्रत्येक्ष रुपमा हेर्न पाउँदा अझै कोषमा भएको पाठलाई ध्यान पुर्वक पढ्ने, बुझ्mने वातावरण यस भमणले बनाइदिएकोे थियो । प्रेक्षालयमा रहेका विज्ञानले बह्रमाण्ड संगै समाज, समुदाय, कला, भाषा र संस्कृतिको महत्व उतिकै रहेका ज्ञान विधार्थीहरुले महसुस गर्न पाएको थियो ।

विधार्थी र शिक्षकहरुका लागि शैक्षिक भ्रमण किन महत्व रहन्छ ? यहि प्रश्न मेरो मस्तिष्कमा खेल्र्दै गर्दा । विज्ञान केन्द्रबाट शैक्षिक भ्रमणको यात्रा सिलिगुडिकै चर्चित सिटिमल सम्म पुग्यो । त्यहाँ पनि विधार्थीहरुले शहरिकरणको बदलिन्दो भौतिक संरचनाको विकसित महलहरुको जानकारी लिने मौका पाए । सिटि मलभित्र रहेका पसलका सामग्री, सिडि अर्थात लिग चढ्ने अनुभव, विभिन्न कला, संस्कृतिका संरचनाहरु प्रत्यक्ष अवलोकन गर्न पाएका थियो । यहाँ सम्मको यात्रामा आइपुग्दा वेलुकी ४ बजेपछि हामी सवै सिमावरि फर्किएका थियौं । साँझ ६ बजे सम्म सवै आ–आफ्नै घर लागे भने दमक सम्म भ्रमण गएकै गाडीमा म, चुलाचुली गाउँपालिका २ स्थित श्री जनता माविका विधालय व्यवस्थापन समितिका अध्यक्ष मोहन देवान, उक्त विधालयका लेखा शिक्षक प्रदिप लावती र भाइ संजय दमक फर्किएका थियौं ।

नेपालको पुर्वी सिमा मेचिपुलबाट नजिकै पानीट्याङकी र सिलिगुडिमा रहेका विज्ञान केन्द्र र सिटिमल सम्म आएको शैक्षिक भ्रमणले । नेपाल जस्तो सुन्दर, शान्त देशमा यतिका संरचना किन बन्न सकेन होला ? यि प्रश्न लिएर जव विधार्थीहरु फर्किए तव उनीहरुको मस्तिष्कमा नयाँ सोच, नयाँ पाठ्य पुस्तक र विज्ञान पाठशाला यो देशका केन्द्र, प्रदेश र स्थानीय स्तरसम्म भए बिसि. मेमोरियल अंग्रेजी विधालयका विधार्थीहरु जस्तै धेरै नेपाली विधार्थीहरुले कर तिरेर सिमापारि देशमा विज्ञान केन्द्र घुम्न जानु पर्दैन थियो होला । समृद्धिको नारा घोषण गर्ने सरकारलाई नेपाली विधालय र विधार्थी, शिक्षक साथैंै शिक्षासेवीहरुले यस्ता संरचनाको निमार्ण प्रति आवाज उठाउन आवश्यक छ । अनि मात्रै बर्षमा एकपटक सिमापारि कर तिरेर जाने शैक्षिक भ्रमणले नेपालप्रतिको सेवा, सुविधा महसुस गर्ने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार