विविध कार्यक्रमका साथ सरस्वती माविको ६२ औं वार्षिक उत्सव सम्पन्न

रोङ  : इलामको रोङ गाउँपालिका ६ स्थित सरस्वती माध्यामिक विद्यालयका ६२ औं वार्षिक उत्सव सम्प्पन भएको छ ।

तीन दिन सम्म चलेकोे बार्षिक उत्सवमा मंगलबार विभिन्न खेलकुद कार्यक्रम भएको थियो । बुधबार साँस्कृतिक कार्यक्रम भएको थियो भने विहीबार विविध साँस्कृतिक कार्यक्रमको साथ नव निर्मित भवनको उद्घाटन गर्दै वार्षिक उत्सव समापन भयो ।

नव निर्मित भवनको रोङ गाउँपालिकाका अध्यक्ष समसेर राइले रिवन काटेर उद्घाटन गरेका थिए ।

भवन उद्घाटन र वार्षिक उत्सव समापन कार्यक्रम गाउँपालिकाका अध्यक्ष समसेर राइको प्रमुख आतिथ्ययता, रोङ शिक्षा प्रमुख राधिका घिमिरेको बिशेष आतिथ्यता र श्रोत ब्याक्ति रुकमान सुब्वाको आतिथ्यतामा भएको थियो ।

जिल्ला शिक्षा कार्यालयबाट ३ बर्ष अघि दुईतले चारकोठे भवनको लागि ३२ लाख बिनियोजन भएकोमा विद्यालयले ४० लाख ६ हजार ३ सय २६ रुपैयाँ खर्च गरेर भवन निमार्ण सम्पन्न गरेको हो ।

यसैगरि सोही कार्यक्रममा बिद्यालयका पूर्व दुई शिक्षकहरु खेमराज खनाल र देबीका आर्चायलाइ सम्मान समेत गरिएको छ । विद्याललाई गरेको निरन्तर सहयोगको कदर गदै शिक्षक द्वयलाई सम्मान पत्रप्रदान गदै सम्मान गरिएको हो ।

विद्यालयका प्रधानाध्याप डुकराज पौडेलले विद्यालयको आर्थिक, शैक्षिक र भौतिक कार्यक्रमहरुको बारेमा प्रकास पारेको सो कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशर प्रधानको अध्यक्षतामा भएको थियो ।

कार्यक्रममा रोङ ३ का वडाध्यक्ष मात्रिका बराल, शान्ति निकेतन माविका प्रधानाध्यापक हिमेश्वर यादव, लामीटार  आधारभुत विद्यालयका प्रअ लाखबहादुर साँवाले समेत शुभकामना मन्तव्य राखेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार