सन्दकपुर : माइमझुवामा जारी फुटबल खेलमा जमुना सुनाखरी फुटबल क्लब बिजयी ।
इलामको सन्दकपुर गाउपालिका-२ स्थित माइमझुवामा जारी खुल्ला नकाउट पुरुष फुटबल खेल प्रतियोगिताको फाइनल खेल आज सम्पन्न भएको छ। आज भएको फाइनल खेलमा शान्तिडाडा एफ,सी र जमुना सुनाखरी क्लब बिच भएको खेलमा जमुना सुनाखरी एफ,सी,ले उपाधि चुमेको छ।
सुनाखरी जमुना क्लब र शान्तिडाडा एफ,सी,बीच भएको फाइनल खेलमा खेलको पहिलो हाफमा सुनाखरी
जमुना एफ,सी,को तर्फबाट २ गोल र खेलको दोस्रो हाफमा ४ गोल गर्दै जीतको सुनिश्चित गर्यो। शान्तिडाडा फुटबल क्लबले भने दोस्रो हाफको अन्तिम मिनेटमा १ गोल फर्काउन सफल भए। गतसालको बिजेता अर्थात डिफेन्डिङ च्याम्पियन जमुना सुनाखरी फुटबल क्लबले यस्पालीको प्रतियोगितामा पनि पहिलो उपाधी चुम्न सफल बन्यो, । शान्तिडाडा एफ,सी,ले भने दोस्रो स्थानमा मात्र चित बुझाए ।
स्थानीय छिन्तापु स्पोर्टिङ क्लबको आयोजनामा संचालित प्रतियोगिताका बिजेता सुनाखरी जमुना फुटबल क्लबले नगद रु ६१हजार र उपबिजेता शान्तिडाडा फुटबल क्लबले नगद रु ३०हजार सहित मेडल र प्रमाणपत्र सन्दकपुर गाउपालिकाका अध्यक्ष उदय बहादुर राई र सन्दकपुर २ नम्बर वडाका वडाध्यक्ष तथा गाउपालिकाका प्रबक्ता गिरिराज खनालले टिम ब्यबस्थापक र टिम कप्तानलाई हस्तान्तरण गरेका हुुन।
त्यस्तै हाइस्कोर गर्नुहुने सुनाखरी जमुना एफ,सी,का केशव गुरुङ फुटबल र मेडल, बेस्टप्लेयर शान्तिडाडाका युवराज राई लाइ ट्रफी र मेडल ,बेस्टडिफेन्डर शान्तिडाडा एफ,सी,का पङ्कज खतिवडालाई
फुटबल र मेडल, तथा बेस्ट्किपर सुनाखरी जमुनाका गोलरक्षकलाई ग्लोब्स र मेडलसहित प्रमाणपत्र कार्यक्रमका अतिथी ज्युहरुबाट प्रदान गरिएको छ।प्रतियोगितामा ईलाम र पाँचथरका ३२ टिमको सहभागिता रहेको थियो। खेल स्थानीय श्याम्बल माध्यमिक बिधालयको खेलमैदानमा भएको थियोे । समापन कार्यक्रम गाउपालिकाका अध्यक्ष उदय ब,राइको प्रमुख आतिथ्य र २ नम्बर वडाका वडाध्यक्ष गिरिराज खनालको बिशेष आतिथ्यमा सम्पन्न भएको थियो।