दशैँमा अनौठो ‘भूत मेला’ !

बर्दिवास : महोत्तरीको औरही नगरपालिका ७ स्थित सोनामाई मन्दिरमा भूत मेला सुरु भएको छ । चौथीदेखि विजयादशमीका दिनसम्म चल्ने भूतमेलामा हजारौंँ दर्शनार्थीको भीड लाग्ने गर्छ ।

भूत, बोक्साबोक्सी र दुष्ट आत्माले सताइएका पीडित प्रत्येक बर्ष मेलामा आउने गर्छन् भने सोनामाईको कृपाले निको भएर जाने जनविश्वास रहेकाे समाचार आजको अन्नपूर्ण पोस्टमा छापिएको छ ।

बर्षौदेखि भूत, पिचास, कालो जादु-टुना र बोक्सा-बोक्सीको कुचक्रमा परेर जीवन मृत्युको दोसाँधमा परेकाहरु सोनामाईको सीमा क्षेत्रमा आउनेबित्तिकै कसबाट सताइएको भन्नेबारे आफैँ भन्न थाल्छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार