माइमझुवामा एकै दिन ५ खेलहरु सम्पन्न

  विविसी हाङखिम
49 Shares

सन्दकपुर : सन्दकपुर २ माइमझुवामा अाज ५ वटा खेलहरु सम्पन्न भएका छन् ।
वडादशैंको अवसरमा छिन्तापु स्पोर्टिङ क्लबले आयोजना गरेको प्रतियोगिताको आजको पहिलो खेल बुद्धटोल टिम र नानिग्याम टिम बीच भएको खेलमा बुद्ध टोल टिमले २-० ले गोल गर्दै दोस्रो चरणमा प्रवेश गरेको छ।
आजको हुने भनिएको पहिलो खेल बुद्द्टोल र सायाङ्बा टिम बिच हुने भनिएतापनी सायाङ्बा टिम निर्धारित समयमा उपस्थिति नभएकाे कारण सायङ्बा टिमलाइ पछि खेलाइएको थियो । आजै भएकाे दोस्रो खेलमा सेतो गुलाफ टिमले गिताङ टिमलाइ गोल गर्न नसकेपछि २ गोलको हार ब्योहोर्दै सेतो गुलाफ बाहिरिएको छ। 
त्यस्तै आजकै तेस्रो खेल सेतो गुलाफ बि र शान्ति डाडा टिम बिच भएकाे थियाे उक्त खेलमा शान्ति डाडा टिमले ० को विरुद्ध २ गोल गर्दै अघिल्लो चरणको यात्रा तय गरेको छ र चौथो खेलमा पन्चकन्या माइ हाइड्रोपावर लिमिटेड टिम र तिनताले टिम बिच भएको खेलमा भने निर्धारित समयमा १/१ गोलको बराबरीमा रोकिएपछि खेलको निर्णय ट्राइब्रेकरबाट लिइएको थियो । 
पन्चकन्या हाइड्रोपावर लिमिटेड टिमले ५ का विरुद्ध ३ गोल गर्दै दोस्रो चरणमकाे बाटाे तय गरेकाे छ। आजै भएको अन्तिम खेलमा सायाङ्बा टिमले ४- ० गोल गर्दै योङ बोइज टिमलाइ अघिल्लो चरणको प्रवेशका लागि रोकेको छ भने भोलि हुने पहिलो खेल देउराली स्पोर्टिङ क्ल्ब र तेर्छे गाउँ बिच हुने आयोजकले जानकारी दिएकाे छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार