माङ्सेबुङ : किरात धर्मावलम्बीहरुको पवित्र एवम् पुण्यभूमि माङसेबुङलाई धार्मिक तथा साँस्कृतिक पर्यटन गन्तव्यको रुपमा योजनाबद्ध विकास गर्ने उद्देश्यले डिपिआर भइरहेको छ ।
किरात धर्मगुरु लिङ्देन आत्मानन्द सेइङ तथा ममतामयी गुरुआमा साँबा पवित्रहाङमा लिङ्देनको इच्छा अनुसार माङ्हिम निर्माणको लागि नेस्टका इन्जिनियर प्रभात राउतको अगुवाइमा प्राविधिक सर्वेक्षण भएको हो ।
माङसेबुङ गाउँपालिकाको १० लाख रुपैयाँको लगानीमा भइरहेको सर्वेक्षणमा माङसेबुङ डिपीआरका लागि किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवाका समितिका अध्यक्ष केहेरसिं योङहाङको संयोजकत्वमा, नेकपा माङसेबुङ संयोजक हेमन्त राई, इलाम पर्यटन प्रवर्द्धन सरोकार समिति माङसेबुङ अध्यक्ष एवम् चुरे संरक्षण तथा अनुसन्धान केन्द्रका अध्यक्ष नन्दकुमार नेम्वाङ र निजी गुरुआश्रम कृषि समिति सचिव उदयबिक्रम तुम्वापो, पत्रकार सुनिल सेर्मा लगायतले सहजीकरण गरेका थियो ।
यसअघि प्रदेश सरकारको लगानीमा माङसेबुङ चक्रपथको डिपीआर सम्पन्न भइसकेको छ ।