देश निर्माण (कविता)

  जानुका नाल्बो लिम्बु
0 Shares

स्मृतिका फूलहरु ओइलाउँदै  छन्
भावना बुझ्नेहरु बुझ पचाउँदै छन्
किनकी यहाँ अत्याचार र भ्रष्टाचार भइरहेका छन्
गरिब र दलित जनताहरु माथि शोषण गरिरहेका छन्
पिडित बालबालिकाहरु आवाज उठाइरहेका छन् ।
तर
भावना बुझ्नेहरु बुझ पचाउँदै छन्
किनकी यहाँ अत्याचार र भ्रष्टाचार भई रहेका छन् ।
हेर्दामा बाबु साहेब हाम्रा नेता सरकारहरु
जनताको काँधमाथि चढेर जनतालाई
 कुल्चिँदै आँफू माझमा बसेर
उपरखुट्टी लगाएका छन नेपालको सिमाना भित्र
भारतियले पटक पटक आक्रकण गर्दा
तरै पनि किन थाहा पाउँदैन्न हाम्रा नेता सरकारहरु ??
किन जनताको भावना बुझेका छैन्न हाम्रा सरकारहरु…..??
त्यसैले त भावना बुझ्नेहरु बुझ पचाउँदै छन्
किनकी यहाँ अत्याचार र भ्रष्टाचार भइरहेको छ।
समाज सुधारका लागि अनेक क्रियाकलापहरु भइरहेका छन्,
नकारात्मक कार्य देखि बञ्चित गराइरहेका छन्
तर पनि,
किन समाज सुधार हुन सकेको छैन ???
किनकी यहाँ हिंसा र आतङ्क बढि रहेका छन्
जसले गर्दा समाज सुधारलाई ध्वस्त पार्दैछन् ।
त्यसैले त भावना बुझ्नेहरु बुझ पचाउँदै छन्
किनकी यहाँ अत्याचार र भ्रष्टाचार भइरहेको छन् ‌
वीरहरुको रगतलाई  त्यसै खेर फाल्न दिन चाहन्नौँ हामी,
इतिहासको सपनालाई तोड्न दिन्नौँ हामी,
उनीहरुको आँशुलाई पुछी दिनेछौँ हामी
दश धारा पसिना चुहाएर नविन संसारलाई चिनाउँने छौँ हामी
शारिरीक र मानसिक यातनासँग जुध्दै,
भौतिक विपन्नतालाई कडा चुनौती दिँदै,
देश निर्माण अगाडी बढाउँने छौँ हामी ।।।
बेलबारी-११ लक्ष्मीमार्ग, मोरङ

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार