विद्यालय कर्मचारी परिषदद्वारा स्थानीय तहमा ध्यानाकर्षणपत्र

नयाँ बुलन्द

माङसेबुङ : नेपाल विद्यालय कर्मचारी परिषद माङसेबुङ समितिले विभिन्न माग राखी विहीबार माङसेबुङ गाउँपालिकामा ध्यानाकर्षणपत्र बुझाएको छ ।

सामुदायिक विद्यालयको कर्मचारीको समस्या समाधानका लागि विभिन्न माग समेटिएको ध्यानाकर्षणपत्र समितिका तर्फबाट सचिव डेविड सुनुवारले बुझाए । गाउँपालिका तर्फबाट अध्यक्ष र उपाध्यक्षको अनुपस्थितीमा अध्यक्षका राजनैतिक सल्लाहकार डम्बर लोरिन्देन र प्रमुख प्रशासकीय अधिकृत रामराज पौडेलले बुझिलिए । ध्यानाकर्षणपत्र बुझ्दै लोरिन्देन र पौडेलले अध्यक्ष मार्फत सम्बन्धित निकायमा पुर्याउने प्रतिवद्धता जनाए ।

कर्मचारी परिषदले देशभरका स्थानीय तहमा ध्यानाकर्षणपत्र बुझाउने कार्यक्रम अनुसार आफूहरुले पनि ध्यानाकर्षणपत्र बुझाएको सचिव सुनुवारले जानकारी दिए । उनका अनुसार परिषदले विहीबार देशभरका स्थानीय तहमा विभिन्न मागसहितको ध्यानाकर्षणपत्र बुझाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार