इलममा नेविसंघले क्याम्पसको मुल गेट अगाडि चक्का जाम

इलाम : सरकारले पेट्रोलियम पदार्थ लगायतमा गरेको मुल्य वृद्धि फिर्ताको मागसहित आन्दोलनरत नेपाल विद्यार्थी संघ इलामले चक्का जाम गरेको छ ।

गत दुई साता भन्दा अघि देखि चरणवद्ध आन्दोलनमा रहेका विद्यार्थीले सदरमुकाम इलाममा हिजो दिउसो १  बजे देखि मरब  क्याम्पसको मुल गेट अगाडि १ घण्टा  सम्म चक्का जाम गरी यातायात सेवा ठप्प परेका हुन ।

देशव्यापी रुपमा सरकार विरुद्ध आन्दोलन गरिरहेको नेविसंघले इलाममा पनि चरणवद्ध रुपमा आन्दोलनका कार्यक्रम गर्दै आएको छ ।

केही दिन अघी प्रमुख जिल्ला अधिकारी मार्फत सरकारलाई ज्ञापनपत्र बुझाई सकेको र हिजो  क्याम्पस को मुल गेट अगाडि चक्का  जामको कार्यक्रम भएको हुँदा कार्यक्रम गरेको र हिजोको कार्यक्रम सफलतापुर्बक सम्पन्न भएको नेविसंघ इलामका कार्याबाहक अध्यक्ष प्रकाश भट्टराईले जानकारी दिनुभयो ।

पेट्रोलियम पदाथर्का साथै उपभोग्य बस्तुमा बढेको मुल्य वृद्धि तत्काल फिर्ता नभएसम्म आन्दोलनका कार्यक्रमलाई जारी राखिने नेविसंघले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार