रोङ गाउपालिकाको वडा नम्बर ३ कुटीडाडा र आसपासमा सरसफाइ

गोबिन्द पौडेल

रोङ : इलामको रोङ गाउपालिकाको वडा नम्बर ३ कुटीडाडा र आसपासमा आज सरसफाइ गरिएको छ ।

रोङ गाउपालिकाको मुटु नै मानिने र पाथिभरा मन्दिर समेत रहेको सो स्थानमा दिनहु सयौको चहल पहल रहने कुटीडाडा, हासपोखरी र पाथिभरा मन्दिरको आसपासमा करिव ९० जनाको सहभागितामा सरसफाइ गरिएको हो ।

रोङ गाउपालिकाका लाई सरसफाई उन्मुख बनाउने क्रममा गाउ टोल तथा चोकहरुको सरसफाई गरिएको ३ नम्बर वडा अध्यक्ष मात्रिका बरालले बताउनु भयो । प्रत्येक घरबाट निस्कने फोहोरलाई ब्यवस्थापन गर्ने र सड्ने र नसड्ने फोहोरलाई श्रोतमा नै छुट्याउने काम भइरहेको वडा सदस्य प्रेमराज गुरुङले बताउनु भयो ।

रोङ गाउपालिकाको आर्थिक सहयोग सुनगाभा बिकास संस्था इलाम र बडा नं ३ को ब्यवस्थापनमा भएको सरसफाइ हुनु अघिनै वडामा फोहोरमैला को बर्गिकरण, ब्यवस्थापन संबन्धमा स्थानिय नागरिकहरुसग अन्र्तक्रिया तालिम , छलफल भइसकेको सुनगाभा संस्थाका सचिव कृष्ण श्रेष्ठले बताए ।

पाथिभरा मन्दिरर आसपासमा भक्तजनहरुले प्लास्टिकको झोला ,बोत्तल र धुपका खोलकरु लगायतको नकुहिने प्रकारका फोहोरहरु जथाभाबि फ्याक्ने गरेकोले अवको दिनमा त्यस्ता बस्तुहरुको उचित ब्यबस्थापन गरिन लागेको वडाअध्यक्ष मात्रिका बरालले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार