हिलोसहितको वर्षाका कारण मानिसलाई वाकवाकी र रुघाखोकी

केही दिन यता लगातार हिलोसहितको वर्षा हुन थालेपछि त्यसको प्रभावले सिन्धुलीमा बिरामीको संख्या बढेको छ ।

मनसुन सक्रिय भएका बेला आकाशबाट झर्ने माटो र धुलोका कणको प्रभावले मानिसमा विभिन्न रोग देखा परेको छ ।

मानिसमा वाकवाकी लाग्ने र रुघाखोकीको प्रकोपसमेत देखिएको चिकित्सकहरुले बताएका छन् । जिल्लाका स्वास्थ्य संस्थाहरुमा बिरामीको चाप पनि बढेको छ ।

सिन्धुलीका अधिकांश स्थानमा दिनभर अँध्यारो भएर कालो बादलले ढाक्ने र सामान्य वर्षा हँुदा समेत माटो र धुलोका कण झर्ने गरेका कारण सुकाइएका कपडा, सवारी साधन र घर आवासका छत सेताम्मे हुने गरेका छन् ।

वर्षासँगै आकाशबाट झर्ने गरेको लेदो र मैलो पानी मानिसको शरीरमा पर्दा चिलाउने, गन्हाउने र स्वास्थ्यमा हानी पु¥याउने स्वास्थ्यकर्मीहरु बताउँछन् ।

केही दिनअघि भारतका विभिन्न भागमा आएको हावाहुरीले धूलोका कण वायुमण्डलमा फैलिएर नेपाली आकाशसम्म आइपुगेकाले हिलोसहितको वर्षा भएको मौसमविद्हरुले बताएका छन् । यो क्रम अझै केही दिनसम्म चल्न सक्ने उनीहरुले बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार