स्वर्गीय राईको स्मृतिमा विद्यालयलाई सहयोग

नयाँ बुलन्द

इलाम : इलाम नगर पालिका ३, पुवामझुवा स्थित विणापाणी माध्यमिक विद्यालयलाई सेवा क्षेत्रको एक राई परिवारले स्वर्गीय पिताको नाममा आर्थिक सहयोग गरेको छ ।

सन्दकपुर गाउँ पालिका १ निवासी स्वर्गीय कटक बहादुर राईको सम्झनामा उनकी श्रीमती युगमाया राई र छोराहारु क्रमश गोपीबहादुर राई, भीमबहादुर राई, चक्रबहादुर राई, शुकबहादुर राई र प्रमोद राईले नगद २० हजार रुपैया सहयोगरेका हुन् ।

सोमबार बिद्ध्यालयमै उपस्थित भएर उहाहरुले विव्यस अद्ध्यक्ष सोम सुनुवार र प्रधानाध्यापक सुर्यप्रसाद राईलाई सो रकम हस्तान्तरण गरेका हुन् । विद्यालयमा राम्रो बिषयसहित कक्षा ११ चलाउन सुझावसहित रकम उपलब्ध गराइएको हो । यस अघि स्थानिय एल बि मुखियाले पनि एकाउन्न हजार रुपिया सहयोग गरीसकेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार