महिलालाई शेयर बजार सम्बन्धी आधारभूत तालिम दिदैँ इलाम नगरपालिका

  झलक भट्टराई
644 Shares

इलाम : महिलालाई आर्थिक रूपमा सशक्त बनाउने उद्देश्यसहित इलाम नगरपालिकाले वडावडामा महिलाहरुलाई शेयर बजार सम्बन्धी आधारभूत तालिम सञ्चालन गर्दै आएको छ ।

इलाम नगरपालिकाको आयोजना तथा बीमा तथा वित्तीय परामर्श सेवा केन्द्र इलामको प्राविधिक सहयोगमा प्रत्येक वडाबाट ३०/३० जना महिलालाई सहभागी गराई तालिम सञ्चालन भइरहेको छ । तालिममा एन्ड्रोइड मोबाइल, इमेल तथा वाट्सएप चलाउन सक्ने महिलाहरूलाई प्राथमिकता दिइएको छ ।

यसैक्रममा मङ्गलबार इलाम नगरपालिका-१ मा सो तालिम सम्पन्न भएको छ । वडाअध्यक्ष गायत्रीराम बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा नेपालटार बजार ब्यबस्थापन समितिका अध्यक्ष शुरेन्द्र राईलगायतको उपस्थिति थियो ।

सो तालिम आइतबार वडा नं. ६ मा र सोमबार वडा नं. १०, गोदकमा सम्पन्न भएको थियो । तालिमका सहभागीहरुलाई मनोज राई र अर्जुन पोखरेलले सहजीकरण गरिरहेका छन् । तालिममा सेयरको माध्यमबाट कसरी आम्दानी बढाउने र सेयर कसरी खोल्ने, डिम्याट खाता कसरी खोल्ने लगायत विषयमा जानकारी गराउने गरिएको थियो ।

नगरपालिकाले यस्तो तालिममार्फत महिलालाई घरमै बसेर आयआर्जन गर्न सक्षम बनाउने लक्ष्य लिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार