नयाँ बुलन्द
प्याङ : लैंगिक समानता तथा सामाजिक समावेशीकरण सम्बन्धी तीन दिवसीय तालिमा इलामको माईजागमाई गाउँपालिका ६ प्याङमा सुरु भएको छ ।
गाउँपालिकाको महिला लक्षित विकास कार्यक्रम अन्तरगत तालिम सुरु भएको हो । स्थानीय प्याङ महिला समितिको आयोजनामा सुरु भएको तालिममा ३० बढी स्थानीय महिलाहरुको सहभागिता रहेको छ ।
तलिमका सहभागीहरुलाई नेपाल आदिवासी जनजाति पत्रकार महासंघ इलामका अध्यक्ष एवम् नयाँ बुलन्द डटकमका सम्पादक राम योङहाङले सहजीकरण गरिरहेका छन् ।
प्याङ महिला समितिका अध्यक्ष गीता अधिकारीको अध्यक्षतामा सुरु भएको तालिमको उद्घाटन प्रमुख अतिथी माईजोगमाई गाउँपालिकाकी उपाध्यक्ष सावित्रा भट्टराईले गरेकी थिईन् । उनले महिलाहरुले सिकेका ज्ञानलाई व्यवहा।िक जीवनमा प्रयोग गर्न सुझाव दिईन् ।
कार्यक्रममा वडा सचिव वीरध्वज लिम्बू र वडा सदस्य सोमकुमारी साउदेन (थेवे) लगायतले शुभकामना मन्तव्य राखेकी थिईन् । कार्यक्रममा महिला समितिकी सदस्य सीता कार्कीले स्वागत र सचिव कल्पाना थेवेले सञ्चालन गरेकी थिइन् ।