काठमाडौं : सरकारले अब सवारी चालक अनुमति पत्र दर्ता प्रदेशबाटै गर्ने घोषणा गरेको छ ।
संसद्मा मंगलबार आर्थिक वर्ष २०७५/०७६ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले सवारी चालक अनुमति पत्र दर्ता प्रदेशबाट गरिने व्यवस्था गर्ने घोषणा गरेका हुन् ।
उनले सवारी चालक अनुमति पत्रसहित यातायात दर्ता पनि प्रदेशबाट गरिने जानकारी दिए ।






















































