युवासंघ वसाँगु बन्यो ‘युवा गोल्डकप-०७५’ बिजेता

 युद्धबहादुर बोहोरा

पाँचथर : सोम राइको ह्याट्रिले युवासंघ वसाँगु घुर्बिसे पन्चमिमा आयोजित युवा गोल्डकप-०७५ खुल्ला नकाउट पुरुष फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ ।

शुक्रबार भएको फाइनल खेलमा Five star आङ्सराङलाई ५–२ गोलको अन्तरले हराउँदै युवासंघ वसाँगुले उपाधि चुमेको हो। खेल शुरु भएको पाँचौं र दसौं मिनेटमा युवासंघ वसाँगुका सोम राइले गोल गरी टिमलाई दर्विलो बनाए।

मध्यान्तर पछि राइले दुई गोल गरे भने दिनेश शेर्माले एक गोल गरि जम्मा पाँच गोलले विजय हासिल गरेको थियो। अर्कोतिर Five star को तर्फबाट मध्यान्तर पछि घनेन्द्र फेवदिन र सुरेश मिफोकले एक एक गोल गरि जम्मा दुइ  गोल गरेका थिए।

उपविजेता Five star आङ्सराङको गोल गर्ने मौका देखिए पनि विपक्षी टिमको कुसल प्रस्तुतिले २ गोलमा थाती रहि उपविजेतामै चित्त बुझाउन पर्‍यो। विजेता युवासंघ वसाँगुले नगद २५ हजार रुपैयाँ ,ट्रफि र प्रमाणपत्र हात पार्‍यो। Five star १५ हजार रुपैयाँ ट्रफि र प्रमाणपत्र प्राप्त गर्‍यो।

प्रतियोगिताको ‘उत्कृष्ठ खेलाडि’ विजेता टिमका दिनेश शेर्मा घोषित भए।खेलमा ‘उत्कृष्ठ किप्पर’ नाम्तोक युवा क्लबका भक्त चेम्जोङ घोषित भए भने ‘सर्वाधिक गोलकर्ता’ विजेता टिमका सोम राइ घोषित भए।

विजेता र उपविजेता टिम तथा खेलाडिहरुलाई फाल्गुनन्द-५का वडा अध्यक्ष अविन्द्र प्रसाद चेम्जोङले पुरस्कार प्रदान गरेका थिए । जेष्ठ ३ गतेबाट सुरु भएको प्रतियोगितामा २४ टिमको सहभागिता थियो।

नाम्तोक युवा क्लब घरेलु मैदानमा युवासंघ वसाँगु संग सेमिफाइनल पराजित भएको थियोे।त्यस्तै रानिगाउ युवा क्लब पनि 5 Star आङ्सराङको साथमा पराजित भएको थियो।

जिल्ला खेलकुद संघ अध्यक्ष तथा युवा संघ नेपालका अध्यक्ष वावा मान्यावोले खेलको उद्घाटनमा गरेको थियो।प्रतियोगितामा संघ सहभागी थिए। २८औं युवा संघ स्थान दिवसका अवसरमा युवा संघ फाल्गुनन्द- ५ फाक्तेपको आयोजनामा प्रतियोगिता सञ्चालन गरिएको थियो।

प्रतियोगितामा स्थानीय टिम हरु युवा संघ इम्बुङ्ग, जनजागरण,पि वाइ सि सिङ्हाङ्ग,युवासंघ वसाँगु,साइनिङ्ग प्लानेट,सुर्योदय राँके,कुम्मायक क्लब,सृजनसिल क्लब,के एफ सि खान्द्रुङ्ग,संगम युवा क्लब ,नाम्तोक युवा क्लब,जगे कम्पनी ,ब्राइट स्टार,के एफ सि आम्चोक,5 Star आङ्साराङ,SSYC सिङ्हाङ्ग,पुथाम्लुङ हेलाङ्ग,याक्थुङ्हाङ क्लब,मिलनसार इम्बुङ,रानिगाँउ युवा क्लब , यङ स्टार सप्तमि,हाङपृथी सिङ क्लब र न्यू भिजन वर डाँडा रहेका थिए।

खेल समयमा प्रतिकुल मौसम (कुहिरोले) दृश्यवलोकन कठिन रहे पनि दर्शकको भने बाक्लो उपस्थित रहेको  थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार