दमक : झापाको दमकमा बम बिस्फोट भएको छ ।
दमक नगरपालिका वडा नं ७ का वडाअध्यक्ष भिम प्रसाद पौडेलको घरमा बम बिस्फोट भएको हो । बिस्फोटमा परि २ जना स्थानिय घाईते समेत भएका छन् ।
दमक ८ निवासी स्यामु राई र त्रिलोचन पोखरेल घाइते भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । घाइतेहरुको दमक स्थित लाईफ लाईन अस्पतालमा उपचार भै रहेको छ ।
बम कस्ले र किन बिस्फोट गराएको हो भन्ने अहिले नै खुल्न नसकेको र अनुसन्धान जारि रहेको इलाका प्रहरी कार्यालय दमकका डि एस पी दिपक गीरीले जानकारी दिए ।















































