माङ्सेबुङमा पवित्रहाङ्‍मा गोल्डकप

नयाँ बुलन्द

माङसेबुङ : किरात धर्मगुरुआमा साँबा पवित्रहाङ्मा लिङ्देनको जन्मजयन्तीको अवसरमा गोल्डकप र अन्य खेलकुद प्रतियोगिता हुने भएको छ । लिङ्देनको ६२ औँ जन्मजयन्तीको अवसरमा माङ्सेब्ङ गाउँपालिका ५ मा प्रतियोगिता हुने भएको हो ।

सवै प्रतियोगितात्मक कार्यक्रममा महिलाले मात्र सहभागिता जनाउन पाउने छन् । आयोजक समितिका अध्यक्ष मनकुमार आङ्बुहाङले जन्मजयन्तीको अवसरमा गरिएको यो प्रतियोगिता आठौँ भएको जानकारी दिए ।

जन्मजयन्तीको अवसरमा ‘पवित्रहाङ्मा रनिङ गोल्डकप ८ औँ संस्करण खेलकुद प्रतियोगिता’ अन्तर्गत म्याराथुन दौड, छेलो, म्यूजीकल चेयर, हाँडी फुटाउनmे लठ्ठा तान्ने लगायतका प्रतियोगिता सञ्चालन गर्ने वताइएको छ ।

आमन्त्रित फुटबल प्रतियोगितामा पूर्वाञ्चलका जम्मा आठ टीमको सहभागिता रहने आयोजक किरात साम्यो हक्चात यक्चुमका सदस्य सरिता राईले जानकारी दिइन् ।

फुटवल प्रतियोगिताको विजनेता टीमले नगद ६२ हजार १ सय ६२ पाउने छ भने ३५ हजार १ सय ६२ पाउने छन् । प्रतियोगिता अवधि भरमा सर्वाधित गोलकर्ता, उत्कृष्ठ खेलाडी, उत्कृष्ठ डिफेन्डर र उत्कृष्ठ गोल रक्षकलाई ३ हजार १ सय ६२ प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।

२४ गते उद्घाटन खेलकुदको फाइनल खेल प्रतियोगिता फागुन २ गते गरिने वताइएको छ । प्रतियोगिता सम्पन्न गर्न करिव १० लाख खर्च हुने र सवै आर्थिक सहयोग जुटाउने साथै धार्मिक श्रोत साधनबाट रकम संकलन हुने वताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार