माङसेबुङमा आयोजित खरिद, जिन्सी तथा लेखा व्यवस्थापन पुनर्ताजगी तालिम सकियो

  नयाँ बुलन्द
434 Shares

माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिकामा संचालित सामुदायिक विद्यालयको खरिद, जिन्सी तथा लेखा व्यवस्थापन सम्बन्धी तीन दिने पुनर्ताजगी तालिम सकिएको छ ।

माङसेबुङ गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा भएको तालिम बुधबार सकिएको हो ।

सोमबारदेखि संचालित तालिममा माङसेबुङका सामुदायिक विद्यालयका प्रधानाध्यापक, जिन्सी तथा लेखा शाखामा कार्यरत शिक्षक र कर्मचारी गरि ४० जनाको सहभागिता थियो ।

कार्यक्रममा माङसेबुङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार चौहानले तालिमबाट विद्यालय र गाउँपालिकाको बेरुजु घटाउन सघाउ पुर्‍याउने विश्वास व्यक्त गरे । उनले कानुन नजानेर वा कानुन नमानेर वेरुजु हुने गरेको उल्लेख गर्दै त्यसप्रति सचेत भएका काम गर्न अनुरोध गरे ।

कार्यक्रममा सहजकर्ता भुपेन्द्र बुढाक्षेत्री, महेन्द्रोदय माविका प्रधानाध्यापक टेकध्वज लिम्बू, जीवन ज्योति माविका प्रधानाध्यापक मदनकुमार राई, इभाङ आविकी प्रधानाध्यापक पम्फा पुलामी, जनताकल्याण आविका प्रधानाध्यापक आइन्द्र योङहाङलगायतले समिक्षात्मक मन्तव्य राखेका थिए ।

कार्यक्रमा माङसेवुङ गाउँपालिका प्रवक्ता सुसन राई, २ नम्बर वडा अध्यक्ष कृष्णबहादुर बस्नेत, लेखा शाखा प्रमुख मन्जु भट्टराई, कर्मचारी सुलभ दाहालगायतको उपस्थिति थियो । माङसेबुङ गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख बुद्धिप्रसाद खतिवडाको अध्यक्षता र प्रमुख प्रशासकीय अधिकृत चौहानको प्रमुख आतिथ्यमा भएको समापन कार्यक्रमको संचालन गाउँपालिका जिन्सी प्रमुख उमेश खत्रीले गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार