फुटबल संघको अधिवेशनमा तीन जना सम्मानित

नयाँ बुलन्द

इलाम : जिल्ला फुटबल संघ इलामको छैटौ अधिवेशन तथा साधारण सभाको अवसरमा तीन जना पुर्व खेलाडीहरुलाई सम्मान गरिएको छ ।

बिहीबार इलाम सदरमुकाममा आयोजित कार्यक्रममा पुर्व खेलाडीत्रय इलाम नगरपालिकाका मेयर महेश बस्नेत, इलाम नगरपालिका वडा नं. ७ का राम खत्री तथा सुर्योदय नगरपालिकाका बालकृष्ण राई रहेका छन् । उनीहरुलाई पुर्वाञ्चल क्षेत्रीय फुटबल समितिका अध्यक्ष जलकुमार गुरुङ तथा मेयर बस्नेतले खादा ओडाएर सम्मान गरेका हुन् ।

यसै अवसरमा इलाम नगरपालिकाका मेयर बस्नेतले नगर कार्यपालिकाले नगरका १२ वटै वडाहरुमा एक–एक खेल मैदान तथा कर्वड हल बनाउने नीति रहेको बताए । जस अन्र्तगत यस आर्थिक वर्षमा ३ वटा वडाहरुमा खेल मैदान निर्माण गर्नको लागि बजेट समेत विनियोजन भएको उनले बताए ।

जिल्ला फुटबल संघ इलामका अध्यक्ष निरोज खड्गीको अध्यक्षतामा संचालन भएको उक्त कार्यक्रमका प्रमुख अतिथि मेयर बस्नेत, विशेष अतिथि पुर्वाञ्चल क्षेत्रीय फुटबल समितिका अध्यक्ष जलकुमार गुरुङ, जिल्ला खेलकुद विकास समिति इलामकी कार्यालय सचिव अमृता घिमिरे, नेपाल पत्रकार महासंघका सहसचिव राजेश पराजुली, नेपाल बार एशोसिएसनका केन्द्रिय उपाध्यक्ष मदन खडका रहेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार