इलाममा ‘प्याब्सन स्पोर्ट्स मिट’ हुँदै

नयाँ बुलन्द

इलाम : निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन, नेपाल प्याब्सन इलामले शुक्रबारदेखि जिल्ला स्तरिय खेलकुद प्रतियोगिता गर्ने भएको छ । प्याब्सनले दुई चरण गरेर जिल्लाका दुई स्थानमा प्रतियोगिता सञ्चालन गर्ने भएको हो ।

‘स्वास्थ्य, अनुशासन र प्रगतिका लागि खेल, शान र मानका लागि हामी सवैको मेल’ भन्ने नाराका साथ जिल्लाका इलाम नगरपालिका १ साखेजुङ र सूर्योदय नगरपालिकाको करफोकमा गरि दुई स्थानमा प्रतियोगिता सञ्चालन गरिने प्याब्सन इलामका अध्यक्ष विकास कर्माचार्यले जानकारी दिए ।

प्याब्सन इलाममा आवद्ध इलाम नगरपालिका र देउमाई नगरपालिकाका विद्यालयहरुका लागि खाखेजुङको नेपालटारमा पहिलो चरण अन्तर्गत पुष र १४ र १५ गते हुने अध्यक्ष कर्माचार्यले वताउनु भयो । त्यस्तै दोस्रो चरण अन्तर्गत जिल्लाका पूर्वी विद्यालयहरुका लागि १७ र १८ गते प्रतियोगिता हुने वताइएको छ ।

पुष २२, २३ र २४ गते हुने राष्ट्रपती रनिङ शिल्ड प्रतियोगितालाई टेवा पुग्ने गरि र खेलाडी उत्पादनमा जोड दिने गरि प्रतियोगिता सञ्चालन गरिने वताइएको छ ।
प्रतियोगिता अन्तर्गत भलिवल, कब्बडी, दौड, हाइजम्प, लङ्गजम्प लगायतका प्रतियोगिता छात्र र छात्रा समूहमा हुने जनाइएको छ ।

यस प्रतियोगितालाई वार्षिक कार्यक्रम अनुसार नै अगाडी वढाइने लक्ष लिइएको छ । उत्कृष्ठ खेलाडीहरुलाई मेडल र प्रमाणपत्र सहित पुरस्कार समेत प्रदान गरिने जनाइएको छ ।

पत्रकार सम्मेलनमा अध्यक्ष कर्माचार्य सहित प्याब्सन खेलकुद आयोजक समिति संयोजक कुशबहादुर थेवे, उपाध्यक्ष तथा इलाम नगरपालिका प्याब्सन संयोजक नुनुमा राई, सचिव छविलाल लम्साल, खेल समिति संयोजक गणेश खतिवडा लगायतको जिल्लाका सञ्चारकर्मीको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार