गाउँमा केटाकेटी नपाउँदा आधारभूत विद्यालय पछि पर्दै

चेतन आङथुपो

चुलाचुली : सम्पन्नको छोराछोरी निजी विद्यालय पढ्छन् । विपन्न परिवारको छोराछोरीलाई गुणस्तर शिक्षा कसरी दिने सुधारको योजनामा रहेका छन् चुलाचुली गाउँपालिका-२ स्थित पञ्चकन्य आधारभूत विद्लाय ।

सो विद्यालयका व्यवस्थापक समितिले सामुदायिक विद्यालयमा अनिवार्य अंग्रेजी माध्यमबाट पठनपाठन शिक्षा सञ्चालन मा ल्याएको छ । समुदायकै पहलमा विद्यालय व्युँयाउने लागि परेका अभिभावक समेत नमुना विद्यायालय बनाउने उदेश्यमा छन् ।

विद्यार्थीको संख्या कम हुन थालेपछि जिल्ला शिक्षा कार्यालयले नजिकै रहेको जनता माध्यमिक विद्यालयमा मर्ज ( समायोजन) गर्ने निर्णयमा पुग्न लागेकै समयमा वर्तमान विद्यालय अध्यक्ष रणबहादुर लिम्बू पुगे । उनले समुदायसँग प्रस्ताव राखे पंञ्चकन्य आधारभूत विद्यालयलाई नमुना बनाउन अंग्रेजी माध्यमको पठनपाठन लागू गरेर लैजाऔं ठूलो विद्यालयसँग भने मर्ज नगरौं ।

समुदायको सहमतिले उक्त विद्यालयमा वडामै संचालित बाल विकास केन्द्रका वालवालिका समेत मर्ज गरेर नर्सरी कक्षा थपेपछि विद्यालयले अहिले जम्मा ५० जना विद्यार्थी संख्या बढाएका छन् । नर्सरीदेखि कक्षा ४ सम्म अंग्रेजी माध्यममा पठनपाठन सुरु गरे पनि कक्षा ५ भने अंग्रेजी माध्यमको वेस नभएकोले नेपालीमा पठनपाठन गरिदैं आएको छ ।

शिक्षा कार्यालयले २ जना दरबन्दी, २ जना राहत दिएको छ भने, ५ जना निजी शिक्षकलाई विद्यालय र समुदायकै आर्थिक स्रोतले धान्नु पर्नेछ । नर्सरी र कक्षा १ लाई वार्षिक १ सय रूपैयाँ, क्रमश कक्षा २, ३, ४ र ५ लाई २ सय ३ सय ४ सय र ५ सय रूपैयाँ भर्ना शुल्क नभएर वार्षिक सहयोग विद्यालयले लिदैं आएको छ ।

अध्यक्षका अनुसार विद्यालयको आर्थिक मजवुदका लागि अक्षय कोष समेत गठन गरेको छ । यस्तै गरि सामान्य र न्यून आर्थिक भएका अभिभावकको छोराछोरीले पढ्न पाउन भन्ने उदेश्य लिएर चुलाचुली गाउँपालिका-४ स्थित किराँत चोलुङ आधारभूत विद्यालयको अवस्था पनि गाउँमै विद्यालय आउने उमेरका केटाकेटी नभएपछि सिमित विद्यार्थी संख्यामा संचालन गर्न परेको छ । तीन वर्षदेखि वडामै संचालित मिलन बाल विकास केन्द्र मर्ज गरे पनि किराँत चोलुङमा यश वर्ष पनि विद्यार्थीको संख्या ३५ जना मात्रै रहेको छ ।

विद्यालयमा प्रधानध्यापकको नयाँ कार्य जिम्मेवार समालिरहेका तुलसी यवा भन्छन्, ‘भइरहेको भौतिक संरचनालाई सदुपयोग गर्न, पुनःनमुना विद्यालय वनाउन समुदाय, अभिभावक, शिक्षक र सरोहकारवलाहरूको ध्यान विद्यालयमा फर्कनु पर्ने हुन्छ ।’ तीन जना दरबन्दी शिक्षक र १ जना कार्यालय सहयोगी, १ जना निजी शिक्षक विद्यालयले राखेको छ । विद्यालयका शिक्षिका खिना महरा भन्छिन्, ‘यहाँका अभिभावकमा आर्थिक कमजोर भएकाले विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन गराउन किताब किन्न सक्ने स्थिति नभएपछि ठाडो कान लाउदैँनन्’ उनले भने, ‘विद्यार्थीको संख्या नरहेपछि आर्थिक स्रोत आउने उपाय छैन, गाउँमा भएका अभिभावकले केटाकेटी विद्यालय आउने/ जाने वानी पार्छन, अर्कोतिरको बोर्डिङ स्कूल लगेर भर्ना गर्ने गरेका छन् ।’

अभिभावकले सामुदायिक विद्यालय जाने र बोर्डिङ जाने छोराछोरी बीचमा विभेद गरेका पाइन्छ, सामुदायिक आउनेलाई डट, कापि, टिपिन खाजा, ब्याग र युनिफमको ख्याल राख्दैनन्, तर बोर्डिङ स्कूलमा पढ्ने विद्यार्थीलाई भने सबै कुरामा ध्यान पुरयाउने गरेको विद्यालय व्यवस्थापक अध्यक्ष धनप्रसाद दुलालले बताए । उक्त विद्यालयमा दुई /दुई कोठे ८ वटा भवन वनेको छ, खेलमैदान फराकिलो छ, खानेपानी, शौचालय र कक्षाकौठा व्यवस्थित रहेको भएपनि गाउँमा बालबालिकाकै अभाव छ । भएका बालबालिका पनि निजी विद्यालयमा जाने गरेका छन । चुलाचुली गाउँपालिकामा ६ वटा मावि छन् भने, ४ वटा आधारभूत (प्राथमिक) विद्यालय छन । यी विद्यालयलाई गुणस्तरीय शिक्षा विकास गर्न सरकारी निकाय र स्थानीयको सहयोगको आवश्यकता रहेका पाइन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार