माध्यमिक शिक्षा परीक्षामा २०३ परीक्षार्थी परीक्षा लेख्‍नबाट वञ्चित

४५ सय ६४ परीक्षार्थी सामेल हुने

सुजता सुनावार

इलाम :  इलाममा माध्यमिक शिक्षा परीक्षामा यसपटक दुई सय तीन जना परिक्षार्थी परीक्षा लेख्‍नबाट वञ्चित भएका छन् ।

समयमा नै विद्यालयमा राजश्व नबुझाएको र ७५ प्रतिशत हाजिर नपुगेका परिक्षार्थीहरुले परीक्षा लेखन नपाएको जिल्ला शिक्षा कार्यलय इलामले जनाएको छ ।

कार्यलयका अनुसार यसवर्ष नियमिततर्फ चार हजार पाँच सय ६४ जना परीक्षार्थी सामेल हुने भएका छन् । एक्जाम्टेडतर्फ भने  तीन सय १४ साथै डी र इ ग्रेट ल्याउने छ सय ५० जना परीक्षार्थी सामेल हुनेछन् ।

इलाममा यस वर्ष २६ वटा परीक्षा केन्द्र तोकिएका छन् । सातवटा परीक्षा केन्द्र कटौती गरीएको जिल्ला शिक्षा अधिकारी टंकप्रसाद गौतमले जानकारी दिए ।

परीक्षार्थीमध्ये खिल्ला विद्यालय भगवती माविबाट ७१ जना, प्राविधिक शिक्षातर्फ ३२ जना र इलाम कारागारबाट पाँच जना कैदि परीक्षार्थी परीक्षामा सहभागिता हुने जिल्ला शिक्षा अधिकारी गौतमले जनाए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार