इलाममा वास्केटबल प्रशिक्षण सुरु

Untitled-1

जीवन लिम्बू

इलाम : वास्केटवल आधारभुत प्रशिक्षण कार्यक्रम इलाममा सुरु भएको छ । जिल्ला वास्केटवल इलामको आयोजनामा सुरु भएको प्रशिक्षण १५ दिनसम्म सञ्चालन हुने जनाइएको छ ।

प्रशिक्षणमा ३० जना सहभागी रहेको प्रशिक्षार्थीहरुलाई राष्टिय खेलकुद परिषद् पुर्वाञ्चलका प्रशिक्षक विकास चाम्लिङ राईले प्रशिक्षण दिइरहेका छन् ।

कार्यक्रमको उद्द्घाटन कार्यक्रममा वोल्दै प्रमुख अतिथि जिल्ला खेलकुद विकास समिति इलामका अध्यक्ष जीतबहादुर राईले वास्केटवलले इलाम जिल्लाको खेल पर्यटनमा थप सुन्दरता वढेको र आधिकारीक रुपमा इलाममा संस्था स्थापना नभए पनि वास्केटवलको विकासको निम्ती यो प्रयत्न अत्यन्त सोभनीय भएको वताउदै अनुसासित र लगाव भएर खेल प्रति लाग्न अनुरोध गरे ।

वास्केटवल खेलाडी मदन खड्काको अध्यक्षतामा सम्पन्न उद्द्घाटन कार्यक्रममा खेलको विभिन्न विधामा इलाम अगाडि रहेपनि वास्केटवलको खेलहरु अतयन्त कम भएकोले यसलाई पनि अरु खेलहरु सँगै अगाडी वढाउनका लागि यसको आयोजना गरिएकको अध्यक्ष खड्काले बताए ।

उक्त कार्यक्रममा जिल्ला खेलकुद विकास समिति इलामका पुर्व अध्यक्ष शन्तोष भक्तराज, सदस्य गणेष खतिवडा, इलाम एफ एम ९३ मेगाहर्जका स्टेशन म्यानेजर हेम राज ढकाल, समाचार वाचक जीवन लिम्बू, संघीय प्रेस युनियनका अध्यक्ष राम योङहाङ तथा स्थानिय स्तरका खेल प्रमी तथा विभिन्न सञ्चारकर्मिहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार