मुटुरोग सम्बन्धी नि:शुल्क स्वास्थ्य शिविर

Dr. Prabhu Shaha at ilam hospital
करुणा फाउण्डेसन नेपालको आयोजनामा जिल्ला अस्पताल इलाममा शनिबार सञ्चालित मुटु रोग सम्बन्धी एक दिने निशुल्क स्वास्थ्य शिविरमा विरामीको स्वास्थ्य परिक्षण गर्दै मुटु रोग विशेषज्ञ प्रा. डाक्टर भगवान कोइराला ।

नयाँ बुलन्द

इलाम : जिल्ला अस्पताल इलाममा मुटु रोग सम्बन्धी एक दिने निशुल्क स्वास्थ्य शिविर शनिबार सम्पन्न भएको छ । शिविरमा मुटु रोगका विरामीहरुलाई मुटुरोग विशेषज्ञ प्राध्
यापक डाक्टर भगवान कोइरालासहित १२ जना चिकित्सकहरुको टोलीले सेवा दिएको थियो ।

शिविरमा मनमोहन कार्डियो भास्कुलर एण्ड ट्रान्स्प्लान्ट सेन्टर काठमाण्डौका चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोलीले प्राविधिक सहयोग सँगसँगै समन्वय गरेको थियो । उक्त
सेन्टरका कोइरालासहित डा. सञ्जिव थापा, डा. पवन धिता, डा. रोजिना श्रेष्ठ, नर्सिङ अधिकृत तिलकुमारी बस्नेत, प्रमिला शाक्य, क्लिनिक असिस्टेण्ट कलनाथ थपलिया, क्लिनिक

एड्मिन इञ्चार्ज रिन्जु श्रेष्ठ, डा. लोकेन्द्र घिमिरे, डा. बासु कट्टेल, डा. राहुल शाह, डा. अर्बिन्न राजवंशीको सहभागिता रहेको थियो । शिविरमा इको, इसीजी, मुटुपरीक्षण गरी औषधी वितरण गरिएको थियो । शिविरमा इलामसहित पाँचथर र ताप्लेजुङ्गका विरामीहरुले स्वास्थ्य जाँच गराएका थिए । करुणा फाउण्डेसन नेपालको आयोजना र मनमोहन कार्डियो भास्कुलर एण्ड ट्रन्सप्लान्ट सेन्टर काठमाडौं, इलाम अस्पताल, जिल्ला जनस्वास्थ्य कार्यलय, इलाम उद्योग वाणिज्य संघ तथा नेपाल रेडक्रस सोसाइटीको सहयोगमा शिविर सञ्चालन भएको थियो ।

शिविरमा स्वास्थ्य जाँचका लागि चार सय बढीले नाम दर्ता गराएका छन् । शिविरमा एकसय भन्दा बढीको इको, दुई सय भन्दा बढीको मुटुको इसिजी तथा तीन सय भन्दा बढीलाई निःशुल्क औषधी वितरण गरिएको करूणा फाउण्डेशन नेपालका कार्यक्रम निर्देशक योगेन्द्र गिरीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार