• ७७औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस : भदौ २३ र २४ का घटनाका जिम्मेवारलाई कारवाही गर्नुपर्ने माग

    इलाम : बुधबार इलाम सदरमुकाममा आयोजित नागरिक संवाद कार्यक्रममा सहभागी वक्ताहरुले भदौ २३ गते भएको दमन/हत्या र भदौ २४ गते भएको ध्वंसका दोषी पहिचान गरी कानुनी कारवाही गर्न सरकारसँग माग गरेका छन् । ७७औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा मानव अधिकार तथा शान्ति समाज इलामले आयोजना गरेको कार्यक्रमका वक्ताहरुले सरकारस...

  • एग्रो इलाम प्रालिको नवौं वार्षिकोत्सव : ज्येष्ठ नागरिक सम्मानदेखि उत्कृष्ठ किसानलाई पुरस्कारसम्म (तस्बिरहरु)

    माङसेबुङ : एग्रो इलाम प्रालिको नवौं वार्षिकोत्सवको अवसरमा शनिबार इलामको माङसेबुङ गाउँपालिका–१ गजुरमुखी रंगिन थियो । हर्षित मुद्रामा सयौंको सङ्ख्यामा कृषकहरुको भीडभाड, त्यही भीडभाडको बीचमा १०० वर्षीया जमुना कार्कीको मुस्कान विशेष आकर्षण थियो । कार्यक्रमले समुदायका बयोवृद्धदेखि युवा उद्यमीसम्म सबैलाई एकै मञ्चमा ल्याई स...

  • राई पहिरन विद्यालयको पहिचान : स्थानीय संस्कृतिसँगै अघि बढ्दै मनोहर आधारभूत विद्यालय

    मिक्लाजुङ (मोरङ) : स्थानीय संस्कृतिको संरक्षण र विद्यार्थीमा सांस्कृतिक पहिचानप्रतिको गर्व जगाउने उद्देश्यले मोरङको मिक्लाजुङ गाउँपालिका-१ स्थित मनोहर आधारभूत विद्यालयले एक अनौठो र सराहनीय पहल सुरु गरेको छ । सो विद्यालयले राई समुदायको मौलिक पोसाकलाई विद्यालयको आधिकारिक पोसाकका रूपमा सातामा दुई दिन अनिवार्य रूपमा लगाइ...

  • नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा विराटनगरमा सुरु, शीर्ष नेताहरूले सम्बोधन गर्ने

    विराटनगर : विभिन्न १६ राजनीतिक दल तथा समूह मिलेर हालै गठन भएको नेपाली कम्युनिष्ट पार्टीको कोशी प्रदेशस्तरीय ‘एकता सन्देश सभा’ विराटनगरमा सुरु भएको छ । विराटनगरको पुरानो गुद्रीस्थित मैदानमा दिउँसो १ बजेबाट सुरु भएको सभामा झापा, मोरङ, सुनसरी र उदयपुरलगायतका जिल्लाबाट कार्यकर्ताहरूको उल्लेख्य सहभागिता रहेको छ । ...

  • आत्मानन्द गोल्डकप : सिरिजङ्घा सेमिफाइनल प्रवेश

    इलाम : ‘१८ औं संस्करणको आत्मानन्द गोल्डकप’ आइतबारदेखि सुरु भएको छ । जिल्लाको माङसेबुङ गाउँपालिका-५ स्थित आत्मानन्द रङ्गशालामा भएको गोल्डकपको उद्घाटन खेलमा माङसेबुङ गाउँपालिकालाई ३-१ गोल अन्तरमा पराजित गर्दै मोरङको सिरिजङ्घा स्पोर्टिङ क्लब विजयी भएको छ । जितसँगै उसले सेमिफाइनलको यात्रा तय गरेको छ । सिरिजङ्घाको जितमा ...

  • बाढीपहिराले इलाममा ११ अर्ब ८१ करोडभन्दा बढीको क्षति

    इलाम : गत असोज १८ र १९ गतेको वर्षापछिको बाढीपहिराले इलाममा रु ११ अर्ब ८१ करोडभन्दा बढीको क्षति भएको छ । जिल्लास्थित विभिन्न सडक, पुल, भवन, खानेपानी, सिँचाइ, पशुपन्छी, कृषिजन्य क्षेत्रमा ११ अर्ब ८१ करोड ७९ लाख ८५ हजार ७०३ बराबरको क्षति भएको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जानकारी दिइन् । जिल्ला प्रशासन कार...

  • गजुरमुखी धामकप फुटबल प्रतियोगिता सुरु

    इलाम : इलामको माङसेबुङ गाउँपालिका-१ स्थित गजुरमुखी धाममा गजुरमुखी धाम कप फुटबल प्रतियोगिता आइतबार सुरु भएको छ । कार्तिके पूर्णिमा धार्मिक मेलाको अवसरमा सुरु भएको प्रतियोगिता अन्तर्गत आइतबार चार खेल सम्पन्न भएका छन् । पहिलो खेलमा जुनतारा एफसीलाई १-० गोल अन्तरमा पराजित गर्दै फ्युचर एफसी विजयी बन्यो । दोस्रो खेलमा...

  • ‘आत्मानन्द कप’ मङ्सिर ७ गतेदेखि

    इलाम : १८ औं संस्करणको ‘आत्मानन्द कप’ अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता आगामी मङ्सिर ७ गतेदेखि सञ्चालन हुने भएको छ । किरात धर्मगुरु आत्मानन्द लिङदेनको ७२ औं जन्मोत्सवको अवसरमा हुने गोल्डकपको तयारी तीब्र पारिएको शनिबार पत्रकार सम्मेलन गरी आयोजक आत्मा-पवित्र खेलकुद समिति अध्यक्ष मनप्रसाद आङबुहाङले बताए । पश्च...

  • निरन्तर वर्षाका कारण मेची राजमार्ग र वैकल्पिक दुवै सडक अवरुद्ध

    इलाम :बिहीबार देखिको निरन्तर वर्षाका कारण मेची राजमार्गअन्तर्गत इलाम-राजदुवाली सडकखण्ड अवरुद्ध भएको छ । सडकखण्डको विभिन्न स्थानमा दबिँदै, भासिँदै र चिरिँदै गएको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले बताइन् । सडकको अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय इलामले आज बिहानैदेखि अर्को सूचना जारी नभएसम्मका लागि स...