माङसेबुङ गाउँपालिकाको सिंचाई सम्बन्धी नीति तथा कार्यक्रम (पूर्ण पाठ)
नयाँ बुलन्द
0
Shares
सिंचाइको सुविधाको अभावले बाँझो रहेका खेतीयोग्य समथर जमीनको लगत तयार गरी त्यस्तो क्षेत्रको सम्भाव्यता अध्ययन गरेर विद्युतीय वा सौर्य लिफ्टिङ परियोजना संचालन गर्न आवश्यक पहल गरिनेछ ।
गाउँपालिकाबाट संचालन हुने कृषि विकास कार्यक्रम र सिँचाइ योजनाहरुलाई अन्तर सम्बन्धित बनाई संचालन गरिनेछ ।
गाउँपालिका क्षेत्रभित्र रहेका सिचाइ आयोजनाहरु सम्पन्न गर्न प्रदेश सरकार, सङ्घीय सरकार र स्वीस दातृ निकायसँगको सहकार्यमा सञ्चालित सिंचाइ आयोजनाहरुलार्इ निरन्तरता दिइनेछ ।
गाउँपालिकाभित्र पानीका मुहानहरुलाई लिफ्टिङ प्रविधिबाट उपयोग गरी खेतीयोग्य जमिन सिन्चित गर्ने नीति लिइनेछ ।