नयाँ बुलन्द
इलाम : इलाम नगरपालिका ४ स्थित भगवती उच्च माध्यमिक विद्यालयमा भएको विद्यार्थीको भेलाले अस्मिता कार्कीको अध्यक्षतामा ३७ सदस्यीय नेपाल विद्यार्थी संघको मावि इकाई समिति गठन भएको छ ।
समितिको उपाध्यक्षमा गुणराज कार्की, सचिव दिकबहादुर चौहान, सह–सचिव यमुना बस्नेत र कोषाध्यक्ष मन्दिरा विक चयन भएका छन् । सदस्यहरुमा युगल आङ्दाम्वे, बिपराज नेम्वाङ, धनबहाद्रर लाम्गादे लगायत रहेका छन् ।
समिति गठन कार्यक्रममा नेवि संघ जिल्ला कार्य समितिका सह–सचिव टीकाराम पुरी, संघ दुई नम्बर क्षेत्रिय अध्यक्ष सुवास घिमिरे लगायत नेपाली काङ्ग्रेसमा आस्था राख्नेहरुको उपस्थिति रहेको थियो ।


















































