
पाँचथर : जिल्ला सहकारी संघको पाचौं जिल्ला अधिवेशनबाट रेणुप्रसाद ओझा अध्यक्षमा चयन भएका छन् । शुक्रबार फिदिममा भएको अधिबेशनबाट ओझा अध्यक्ष बनेका हुन् ।
उपाध्यक्षमा मणिप्रसाद भण्डारी र राम प्रसाद बाँस्कोटा र सचिव महेन्द्रप्रसाद लुईटेल, सहसचिव खड्कबहादुर बोहरा र रेञ्जी शेर्पा लाइ चयन गरिएको छ । त्यस्तै सदस्यहरुमा दुर्गाप्रसाद पोखरेल, लक्ष्मीप्रसाद भण्डारी, नारायाणप्रसाद दाहाल, सीता जवेगु, बिक्रम राई, देवेन्द्र राई, दिलकुमारी घिमिरे, ओमराज थाम्सुहाङलाई सर्वसहमतिले चयन गरिएको हो ।

लेखा समितिको संयोजकमा खोमनाथ आचार्य रहेका छन् भने सदस्यमा गंगादेवी आङदम्वे, सागर ओझा तथा केन्द्रीय प्रतिनिधिमा ईन्द्रनारायण ढकाल र दिलेन्द्र खनाल चुनिएका छन् ।-केन्जाे खबरबाट


















































