कहिलेकाही बहन्छ्न शब्दहरु । ठुला गाडीहरुको अबरोधलाई छिचाल्दै। कुनै दुई पाङ्ग्रेले सडकमा आफ्नो बाटो पहिल्याए जसरी ।मनका कुना काप्चाहरुबाट सफरमा निस्कन्छ्न शब्दहरु ।जिन्दगिका उन्नाइस बर्षहरु अभिव्यक्तिको सजिलो माध्यम खोज्दैमा काटेकाे छु।सायद मम्मि बाबा भनी ताेते बाेली फुटल्दै गर्दाको बाल्यकालको अस्पष्ठ उच्चारण देखि वालिक भैसकेपछी उचित अभिब्यन्जना सम्मका ती तितो अनि मिठो सम्झनाका चाैतारिहरु। केही फरक अनि पृथक कता कता रुमलिएको मन झसङ्ग भैदिन्छ ।नदुखेको धर्ती दुख्दो रहेछ ।नरोएको आकाश रुदो रहेछ । कारुणीक रोदनभित्र मर्मस्पर्शी सत्यताले आन्तरिक सन्धी पनि पिडा हुदोरहेछ। एउटा लामो यात्रा हो जीवन ।जसले विभिन्न मोडमा स्मृति चिन्ह छाडेर जान्छ । जिवनलाई सम्झन लायक बनाईदिन्छ ।उमेरका विभिन्न खुड्किलामा अनेकन साथी भेटिन्छन ।समय क्रम संगै ती अस्तित्वको पर्दामा धुमिल हुँदै जान्छ्न र गएपनी । तर जीवन आजित छ्न । स्मृतिको पर्दामा म भित्र गुम्सिएका तिता अनि सत्य यथार्थहरु चलचित्रको पर्दामा झै एकपछी अर्को गर्दै मेरो मनको पर्दामा एका एक आउछ्न ।म थाम्न सक्दिन ।यो अतभुत शक्ति मेरो मनले नकार्न पनि सक्दैन । त्यसैले लेख्दै छु म ।मेरो एउटा जीवन कथा : “एकान्तमा तिम्रो याद आउँछ धेरै अनि सृजना हुन्छन यस्ता कैयौं यादहरु र बसिदिन्छ्न दिलभित्र मिठो याद बनेर ।” उसले भनेको थियो ” म भोलीदेखि तिमी बाट अलग हुदैछु ।अब तिमी र म एउटै हुन सक्दैनौं ।” हाम्रो जिवनको बाटो अलग भैसक्यो ।उ नारायणी जस्तै बगेर गयो ।म बगरै बगर हिडिरहे ।बालुबामाथी बिछोडकाे पाईलाको छाप बनाउदै । म र तिम्रो यात्रा
बाटो त्यही हो जहाँ हाम्रा पैतालाहरु हिडेका हुन्छन ।जहाँ हाम्रा सपना हिडेका हुन्छन ।जहा कसैकाे याद सङसङै हिडेका हुन्छन ।अर्थात हामी जसलाई माध्यम बनाएर हिड्छाै । त्याे नै बाटो रहेछ । यात्रा त त्यहा तय हुदाेरहेछ । जहाँ कुनै बाटो निर्माण गरिएको हुदैन ।जस्ताे कुनै डाडामा भएको मन्दिर जाने क्रममा पहिलो पटक बनाएका हुन्छ्न । भक्तहरुको पैतालाले बाटोको नक्सा ।त्यही नक्सा माथी बारम्बार हिडिरहदा बाटाे निर्माण हुन्छ । ईश्वर सामु पुग्ने बाटो नभएर बास्तबमा भक्तको पैतालाको छाप रहेछ ।एक समय तिमिसङै हिडेकि थिए । एक एक पाईलामा हाम्रा जिवनका सपना , भबिस्यको चिन्ता , अनि गुमाउने डरको पिडा सङसङै हिडेका थियाै। जिबन रहेसम्म सगै हिड्ने सपना बाेकेका पाइला छुटिेएका हुन् खाेली र किनार छुट्टिए जस्तै । उसो त खोलिले नै किनार बनाउदो रहेछ । तिमि पनि एक नदि जस्तै बन्न पुग्याै। अनि म तिम्रो जीवनबाट किनार लागेको बगर जस्तो बन्न पुगे । तिमिसङै बाटोमा अफसोस मेरो जिवनको बाटो यति कठिन थियो कि नारायणीको पानीमाथी पैतालाले टेकेर हिंड्न जस्तै जुन असम्भव थियो ।


















































